Kathmandu Press

‘ललितपुर महानगरपालिका जनताका समस्याप्रति संवेदनशील छ’

‘नगरबासीहरुको चाहानाहरुलाई मुर्त रुपमा कार्यान्वयन गर्नका लागि लालायीत छौं । हामी नगरबासीका समस्याप्रति संवेदनशील छौं। अहिले हामी नगरको नीति तथा कार्यक्रम बनाउनेतर्फ लागिरहेका छौं,’ उनले भने।
‘ललितपुर महानगरपालिका जनताका समस्याप्रति संवेदनशील छ’

ललितपुर, वैशाख २१ : ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगरबासीका आवश्यक्ता र चाहानाहरुलाई मुर्त रुप दिन आफू लालायीत भएको बताएका छन्।

ललितपुर महानगरपालिकाद्धारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममालाई सम्बोधन गर्दै प्रमुख महर्जनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउन सुरु गरिएको उल्लेख गर्दै जनताका चाहाना र आवश्यक्ताका आधारमा बजेट निर्माण गरिने बताए।

Hardik ivf

‘नगरबासीहरुको चाहानाहरुलाई मुर्त रुपमा कार्यान्वयन गर्नका लागि लालायीत छौं । हामी नगरबासीका समस्याप्रति संवेदनशील छौं। अहिले हामी नगरको नीति तथा कार्यक्रम बनाउनेतर्फ लागिरहेका छौं,’ उनले भने, बजेट मेकिङ सेसन सुरु भइसक्यो। सार्वजनिक सुनुवाईमा नगरबासीहरुबाट प्राप्त भएका सुझाब र पृष्ठपोषणका आधारमा बजेट निर्माण गर्न चाहान्छौं।’

महानगरबासीका लागि आफू नेतृत्वका जनप्रतिनिधिहरु सेवक भएर लागिरहेको महर्जनको भनाइ छ। सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख महर्जनले यातायात सेवामा सहजिकरण र वडा र पालिका तहबाट प्रदान गरिने सेवाहरुको सहज र सरल बनाउँदै जाने प्रतिवद्धता जनाए ।

जनताको आवश्यक्ता पहिचानका लागि गत वर्ष दुई ठाउँमा सार्वजनिक सुनुवाई गरिएको स्मरण गर्दै महर्जनले आफू पालिका बासीले देखाएको बाटोमा हिँडिरहेको दाबी गरे।

प्रकाशित मिति: २१:०५ बजे, शुक्रबार, वैशाख २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्