Kathmandu Press

लोसपाका प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित

सभामुख रामचन्द्र मण्डलले लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद शर्मालाई निलम्बन गरेका हुन्।
लोसपाका प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित

जनकपुरधाम, वैशाख २१ : मधेस प्रदेशसभाका सदस्य अभिराम शर्मा निलम्बनमा परेका छन्।  

सभामुख रामचन्द्र मण्डलले लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद शर्मालाई निलम्बन गरेका हुन्। उनी संसदीय दलका नेता पनि थिए। 

उनी सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका व्यक्ति हुन्। शर्माकाे निलम्बनबारे प्रदेशसभा सचिवालयले जानकारी दिएकाे हाे।

प्रकाशित मिति: १६:४१ बजे, शुक्रबार, वैशाख २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्