Kathmandu Press

सरकारले गर्‍याे ६ जना सचिवको सरुवा, काे कहाँ पुगे?

मन्त्रिपरिषद्काे बिहीबारको बैठकले ती सचिवहरूलाई सरुवा गर्ने निर्णय गरेको हो।
सरकारले गर्‍याे ६ जना सचिवको सरुवा, काे कहाँ पुगे?

काठमाडौं, वैशाख २१ : सरकारले ६ जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्काे बिहीबारको बैठकले ती सचिवहरूलाई सरुवा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठककाे निर्णयानुसार सचिव दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा लगिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेलाई सरूवा गरिएकाे छ।

Hardik ivf

त्यस्तै लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा ल्याइएको छ भने वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशुपन्छी विकास सचिव बनाइएको छ। पशुपन्छीका रेवतीरमण पौडेललाई कृषि विकास सचिव बनाइएको छ।

कृषि सचिव गोविन्दप्रसाद शर्मालाई वन मन्त्रालयमा लगिएको छ ।

प्रकाशित मिति: १६:५० बजे, शुक्रबार, वैशाख २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्