Kathmandu Press

भारतका प्रधानन्यायाधीश चन्द्रचुड काठमाडौंमा

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणमा नेपाल आएका उनी शनिबार काठमाडौंमा हुने किशोर न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सहभागी हुने कार्यसूची छ।
भारतका प्रधानन्यायाधीश चन्द्रचुड काठमाडौंमा

काठमाडौं, वैशाख २१ : भारतका प्रधानन्यायाधीश डा. धनञ्जय यशवन्त चन्द्रचुड नेपाल आइपुगेको छन्। उनी शुक्रबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणमा नेपाल आएका उनी शनिबार काठमाडौंमा हुने किशोर न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सहभागी हुने कार्यसूची छ।

Hardik ivf

शनिबार साँझ नै उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग भेट्ने कार्यतालिका छ ।

भ्रमण दलमा उनकी पत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा रहेका छन्।  उनी आइतबार भारत फर्कने छन्।

प्रकाशित मिति: १८:३६ बजे, शुक्रबार, वैशाख २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्