Kathmandu Press

जडीबुटी संकलन गर्न हुम्ला पुगेका मुगुका युवकको हिउँ पहिराेमा परी मृत्यु

मुगु, कात्तिक ७ : हुम्लाको चङ्खेली गाउँपालिकाको वन क्षेत्रमा जडीबुटी संकलन गर्न आएका मुगु घर भएका एक युवकको मृत्यु भएको छ। चङ्खेली–३ को...
जडीबुटी संकलन गर्न हुम्ला पुगेका मुगुका युवकको हिउँ पहिराेमा परी मृत्यु

मुगु, कात्तिक ७ : हुम्लाको चङ्खेली गाउँपालिकाको वन क्षेत्रमा जडीबुटी संकलन गर्न आएका मुगु घर भएका एक युवकको मृत्यु भएको छ। चङ्खेली–३ को मिमीमा रहेको वन क्षेत्रमा जडीबुटी संकलन गर्न गएका मुगु कार्मारोङ गाउँपालिका–४ स्थित कार्तिक गाउँका ३३ वर्षीय छिरिङ लामा कटुकी सङ्कलन गरी घर फर्किने क्रममा हिउँ पहिरामा परी मृत्यु भएको हो। मृतका दाजु ३७ वर्षीय कार्मा सुण्डा लामाको दाहिने हात भाँचिएर घाइते भएको जानकारी प्राप्त भएको छ। 

दाजु कार्मा सुण्डासहित सातजना दुई दिन लगाएर चङ्खेली–३ मिमी गाउँ हुँदै मुगु फर्किएका छन्। जिल्ला प्रहरी कार्यालय मुगुले जिल्ला प्रहरी कार्यालय हुम्लालाई जानकारी गराएको प्रहरी कार्यालय हुम्लाले जनाएको छ। जडीबुटी सङ्कलन गर्न गएका छोइटिन लामा, आङजिङ लामा, तोचे लामा, छोइटाङ लामा, सङ्गीता लामा र कार्मा सुण्डा लामा भने घर फर्किएका छन्।

Hardik ivf

जडीबुटी सङ्कलनमा हिउँ पहिरामा परी मृत्यु भएको छिरिङको शव जङ्गलमै रहेको उनका दाजु कार्माले घर पुगेर रिपोर्ट गरेपछि जानकारी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले बताए।

चङ्खेली–३ को मिमी गाउँदेखि दुई दिन टाढा रहेकाले कुन ठाउँमा हो यकिन गरी मात्रै खोजी हुने प्रहरी नायब उपरीक्षक शर्माको भनाइ छ। मेलछाम प्रहरी चौकीबाट दुई दिन टाढाको जङ्गल भएकाले खोजी गर्न प्रहरीलाई कठिन भएको उनले जानकारी दिए। 

प्रकाशित मिति: २१:१३ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्