Kathmandu Press

अग्नी पीडितलाई रोशी उद्योग वाणिज्य संघको सहयोग

शनिबार रोशी–४ महादेवटार, सानोपोढा पुगेर १ लाख ६० हजार बराबरको जस्ता पाता र खाद्यान्न अग्नी पीडितलाई हस्तान्तरण गरेको संघका अध्यक्ष मनिस बलले जानकारी दिए।
अग्नी पीडितलाई रोशी उद्योग वाणिज्य संघको सहयोग

काभ्रे, वैशाख २२ : रोशीको सानुपोढा गाँउका आगलागी पीडितलाई रोशी उद्योग वाणिज्य संघले सहयोग गरेको छ।

शनिबार रोशी–४ महादेवटार, सानोपोढा पुगेर १ लाख ६० हजार बराबरको जस्तापाता र खाद्यान्न सामग्री अग्नी पीडितलाई हस्तान्तरण गरेको संघका अध्यक्ष मनिस बलले जानकारी दिए।

OFPd2b-N-1714830425.jpeg

Hardik ivf

विभिन्न उद्योग व्यवसायीहरु, दाताहरुसँग सहयोग संकलन गरेर आगलागी पीडितलाई १५ बन्डल जस्तापातालगायतका सामग्री हस्तान्तरण गरिएको अध्यक्ष बलले बताए। उनले सहयोग अझै निरन्तर रहने पनि बताए।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष मनिस बलसहित महासचिव विकास लामा, सचिव निर्जला थापा, पदाधिकारीहरू, कार्यसमिति सदस्य मन्जु लामालगायतको उपस्थिति थियो।

L6kOd6MW-1714830425.jpeg

महादेवटार सामुदायिक वनमा लागेको डढेलो सानुपोढा गाँउमा सल्कँदा १५ वटा घर जलेका थिए। सो आगलागीमा दुई करोड बराबरको जनधनको क्षति भएको थियो।

wMbTWiVW-1714830426.jpeg

K7m2n6Sy-1714830425.jpeg

प्रकाशित मिति: १९:३३ बजे, शनिबार, वैशाख २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्