अग्नी पीडितलाई रोशी उद्योग वाणिज्य संघको सहयोग
शनिबार रोशी–४ महादेवटार, सानोपोढा पुगेर १ लाख ६० हजार बराबरको जस्ता पाता र खाद्यान्न अग्नी पीडितलाई हस्तान्तरण गरेको संघका अध्यक्ष मनिस बलले जानकारी दिए।
काभ्रे, वैशाख २२ : रोशीको सानुपोढा गाँउका आगलागी पीडितलाई रोशी उद्योग वाणिज्य संघले सहयोग गरेको छ।
शनिबार रोशी–४ महादेवटार, सानोपोढा पुगेर १ लाख ६० हजार बराबरको जस्तापाता र खाद्यान्न सामग्री अग्नी पीडितलाई हस्तान्तरण गरेको संघका अध्यक्ष मनिस बलले जानकारी दिए।

विभिन्न उद्योग व्यवसायीहरु, दाताहरुसँग सहयोग संकलन गरेर आगलागी पीडितलाई १५ बन्डल जस्तापातालगायतका सामग्री हस्तान्तरण गरिएको अध्यक्ष बलले बताए। उनले सहयोग अझै निरन्तर रहने पनि बताए।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष मनिस बलसहित महासचिव विकास लामा, सचिव निर्जला थापा, पदाधिकारीहरू, कार्यसमिति सदस्य मन्जु लामालगायतको उपस्थिति थियो।

महादेवटार सामुदायिक वनमा लागेको डढेलो सानुपोढा गाँउमा सल्कँदा १५ वटा घर जलेका थिए। सो आगलागीमा दुई करोड बराबरको जनधनको क्षति भएको थियो।


प्रकाशित मिति: १९:३३ बजे, शनिबार, वैशाख २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












