सी-फुड क्रेज : नयाँ पिँढीको नयाँ टेस्ट

काठमाडौं, कात्तिक ७ : दुई वर्ष अघिसम्म काभ्रेका तेज लामा भारत केरलाको समुद्री तटमा रेस्टुराँ चलाउँदै थिए। समुद्री तटनजिक भएका कारण त्यहाँ सी-फुड्स बढी चल्थ्यो। उनी रेस्टुराँका सेफ मात्र नभई सेयर होल्डर पनि थिए।

सी-फुड राम्रो चलेको कारण उनले नेपालबाटै केही जनशक्ति लगेर रेस्टुराँलाई अझ चुस्त रूपमा सञ्चालन गर्ने योजना बनाए। तर, उनको योजना अगाडि बढ्न सकेन।

बरु नेपालमै किन नखोल्नेरु नेपालबाट जनशक्ति केरला लैजान नसकेपछि उनको मस्तिष्कमा झट्ट यो सोच आयो। र, उनी नेपाल फर्किए। हाल ठमेल क्षेत्रपाटीमा उनको सोचले भौतिक आकार ग्रहण गरेको छ, सिक्विन रेस्टुराँको रूपमा।

नामसरह नै उनले ‘सी’ अर्थात् समुद्रमा पाइने जीवको विभिन्न परिकार पस्किन थाले। ‘कोरोना देखिनुभन्दा ६ महिनाअघि स्थापना गरेको रेस्टुराँले राम्रो पिकअप लिइसकेको थियो,’ उनी भन्छन्, ‘६ महिनाजति चलाएँ। त्यस पछि कोरोना अनि लकडाउन भएको सबैलाई थाहा नै छ।’

यद्यपि, लकडाउन खुकुलो भएको अवधिमा भने अनलाइनमार्फत आएको अर्डरबाटै पनि खाना डेलिभरीसमेत गरे उनले। स्टकमा रहेका सामान पनि विस्तारै सकिँदै जान थाले। ‘आयात गर्न सक्ने अवस्था पनि थिएन। त्यसपछि रेस्टुराँ सञ्चालनमा आएको
छैन,’ लामा भन्छन्, ‘आज पनि सरसफाइका लागि मात्र खोलेका हौँ।’

३१ डिसेम्बर २०१९ देखि चीनको वुहान सहरबाट फैलिएको कोरोना महामारीले विश्व अर्थतन्त्रमै ठूलो धक्का दिएको छ। नेपाली अर्थतन्त्र त्यसबाट अछुतो रहने कुरा भएन।

पर्यटकको रोजाइ ग्रिल्ड, नेपालीको तन्दुरी

उनको रेस्टुराँमा भने विशेषतः ग्रिल र तन्दुरी गरी दुई प्रकारका परिकार बन्छन्। सी(फुडका लागि उनको रेस्टुराँमा विदेशीहरूको आउजाउ बाक्लिन थालेको थियो। स्वदेशी खानाका पारखी पनि विस्तारै सी फुडको स्वादमा रमाउन थालिसकेका थिए।

लामाका अनुसार पर्यटकहरूले विशेषतः ग्रिल रुचाउँछन् भने नेपालीमाझ तन्दुरी लोकप्रिय छ। गंगटा, लोब्स्टर प्राउन, अक्टोपसका परिकार काठमाडौंका उपभोक्तामाझ लोकप्रिय बन्दै गएका छन्।

लामो समय सेफको अनुभव बटुलेका लामा भन्छन्, ‘गंगटालाई ग्रिल गर्दा मीठो हुन्छ। गंगटाको पूरै खपटा निकाली भित्री भागलाई मसला गरेर ग्रिल गरिन्छ। अक्टोपस पनि सिँगै खाने हो। अक्टोपसका शरीरका काँडा निकालेर ग्रिल तन्दुरी जसरी पनि बनाउन सकिन्छ।’

व्यवसायी लामालाई केरलाको सी(साइड रेस्टुराँभन्दा स्वदेशमै काम गर्न सहज लाग्न थालेको आजकाल। घरपरिवारबाट टाढा पनि हुनु नपर्ने अनि मन लागेको काम पनि गर्न पाएकोमा उनी दंग छन्। ‘समस्या आयात(निर्यातमा मात्र हो, नत्र खासै केही छैन,’ उनी भन्छन्।

हालसम्म करिब ८० लाख रुपैयाा लगानी गरिसकेका छन् उनले। भन्छन्, ‘कोरानाअघि जस्तो परिवेश भएको भए एक वर्षमा १५(२० लाखको टर्नओभर हुन्थ्यो।’ निकट भविष्यमै स्थिति सहज बन्ने र केही वर्षमा लगानी उठाउन पाइनेमा आशावादी छन् उनी।

सिक्विन रेस्टुराँका सञ्चालक तेज लामाजस्तै अर्का व्यवसायी हुन्, राजेन्द्र राजभण्डारी। नक्साल नारायणचौर नपुग्दै नागपोखरीसँगैको ओसियन मार्टलाई उनले ५ असार ०७५ देखि सञ्चालनमा ल्याएका थिए।

मार्ट भएका कारण उनले भने सी-कुजिन नभई प्याक गरिएका सी-फुड तथा त्यसका लागि आवश्यक सामग्री बेच्ने गरेका छन्। मार्टकी अर्की सञ्चालक श्रीजु राजभण्डारीका अनुसार उक्त मार्टमा अक्टोपस, लोब्स्टर, प्राउन, सुसी आदि पाइन्छ। त्यसबाहेक सालमन, सी-विड, फिस बल, क्र्याब बल, क्र्याबस्टिक पनि पाइन्छ।

सुरुवाती चरणमा एक(दुईजना मात्र हुने उपभोक्ता अहिले भने आशालाग्दो तवरले बढेको उनको भनाइ छ। विशेषतः किशोर(किशोरी अक्टोपस, लोब्स्टर खरिद गर्न आउँछन्। उनी भन्छिन्, ‘अहिलेका नयाँ पिँढीले नयाँ टेस्ट खोज्ने गर्छ। उनीहरू यस्ता खाना देखेर

घिनाउने, हिचकिचाउनेभन्दा पनि बढी क्युरियोसिटी धेरैमा देखिन्छ।’ कहिलकाहीं त उनीहरूलाई ग्राहकले नै सी(फुड्सका सामग्रीबारे जानकारी दिन्छन्, आयात गर्न आग्रह गर्छन्।

सुरुवाती चरणमा थाइल्यान्डबाट मात्र मगाउने कारण थाई सी-फुड उक्त मार्टमा पाइन्थ्यो। लकडाउनयता जापानी, कोरियाली तथा अन्य एसियाली मुलुकबाट सी-फुड आयात हुन थालेको श्रीजु बताउँछिन्।

‘सप्लायर्स को हुन् भनेर पत्तै हुँदैन, हामीलाई वितरकबाट सामान आइपुग्ने हो,’ लामा भन्छन्।

साविकका खानाभन्दा दोब्बर मूल्य

न्यूनतम ४५ रुपैयाँदेखि पाँच हजार रुपैयाँ प्रतिकिलोसम्मका ‘सी फुड’ ओसियन मार्टमा पाइन्छन्। न्यूनतम मूल्यका सामानअन्तर्गत भने सी-फुड बनाउन आवश्यक पर्छन्। अक्टोपस, लोब्स्टर, गंगटाको मूल्य बढी हुन्छ। लोब्स्टर ४९ सय प्रतिकिलोसम्म पर्छ। यस्ता परिकार भने खरिद गर्न भने सेफहरू आउने उनले जानकारी दिइन्।

सिक्विन रेस्टुराँमा पनि सी-फुड्स कुजिनको मूल्य अन्य परिकारको तुलनामा दोब्बर पर्ने सञ्चालक लामा बताउँछन्। उनका अनुसार माछाहरू पाँच सय प्रतिकिलोदेखि लोब्स्टर ३४ सय प्रतिकिलो पर्छन्। आयातका क्रममा केही महँगो पर्ने र उक्त कुजिन जोसुकैले बनाउन नसक्ने कारण मेनुमा रहेका अन्य खानाको तुलनामा दोब्बर हुने लामा बताउँछन्।

‘तीन पिसको लोब्स्टर ३४ सय पर्छ। बनाउँदा लाग्ने सीपदेखि आवश्यक सामग्रीले मूल्य बढी हुनु स्वाभाविक हो,’ उनी भन्छन्।

सी-फुड कल्चर विकास हुँदै

नेपालमा सी-फुड खाने कल्चर भने वैदेशिक रोजगारीमा जाने क्रमसँगै भित्रिको व्यवसायीको अनुमान छ। केही वर्ष अघिसम्म सम्भ्रान्त वर्गमा मात्र सीमित सी फुड्स हाल सबैको पहुँचमा छ। विगतमा खासै प्रचार र पहुँचमा आउन सकेका थिएनन्, यस्ता खाना। वैदेशिक रोजगारी तथा घुमघाम बढेसँगै सी फुडबारे जानकारी र क्रेजसँगै बढेको व्यवसायीहरू बताउँछन्।

यस्तै, पहिले उच्च वर्गमा मात्र सीमित यस्ता खानाका परिकार हाल युट्युब, फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालका कारण धेरैको पहुँचमा पुगेको छ। जीवनशैलीमा आएको परिवर्तनसँगै मध्यम वर्गमा पनि सी-फुडको क्रेज बढेको छ।

‘केही समयअघि मात्र सानी बच्ची अक्टोपस किन्न आएकी थिइन्,’ श्रीजु सम्झिन्छिन्, ‘उनले युट्युबमा देखेर अक्टोपस खान मन लागेको बताएकी थिइन्।’ खाना कल्चरको विकाससँगै सी(फुडले राम्र्रो गति लिने उनको अनुमान छ।

वार्षिक अर्बौँको कारोबार

गत आर्थिक वर्ष ०७७/७८ मा करिब नौ हजार दुई सय १४ मेट्रिक टन सी-फुड नेपालमा आयात भएको छ। त्यसका लागि करिब एक अर्ब ७२ करोड ७७ लाख चार हजार रुपैयाँ बाहिरिएको थियो।

चालु आव ०७८/७९ का दुई महिनामा २५ करोड ३१ लाख ५९ हजार रुपैयाँको करिब नौ सय ६४ मेट्रिक टन सी-फुड्स नेपालमा भित्रिएको छ। यसअन्तर्गत सबैभन्दा बढी माछा आयात भएका छन्।

सुकेको, फ्राइड, फ्रोजन गरी क्याटफिस, कार्प, साल्मोनाइड, टुना, प्राउन आदि विभिन्न थरिका माछा नेपालमा ठूलो परिमाणमा भित्रिने गरेका छन्। त्यसबाहेक अक्टोपस, गंगटा, लोब्स्टर, सुसी पनि राम्रै परिमाणमा नेपाल भित्रिन थालेका छन्।

ओसियन मार्टका सञ्चालक राजेन्द्रका अनुसार बाहिरबाट खाना आयात गर्दा विभिन्न फुड सर्टिफिकेट बनाउनुपर्छ। उनी भन्छन्, ‘अन्य देशमा खाने आइटममा कर लाग्दैन तर नेपालमा १३ प्रतिशत करसहित १५ प्रतिशत भ्याट बुझाउनुगर्छ।’ यस विषयमा सरकारले व्यवसायीका समस्या सम्बोधन गर्नुपर्ने उनी बताउँछन्।

सी-फुडको भविष्य

‘असनको चोक/चोकदेखि भान्सासम्म माछा पाइन्छ,’ लामा भन्छन्, ‘माछा पनि सी(फुड नै हो।’ सोही कारण पनि उनी सी फुडको भविष्य राम्रो देख्छन्। अन्य खानाको तुलनामा स्वास्थ्यबर्द्धक रहेको पनि उनी बताउँछन्।

‘पहिले नेपालीले खान जानेनन्। विदेश घुमेर आएपछि भने सी फुडको कल्चर विस्तारै बस्यो,’ उनी भन्छन्, ‘सी फुडमा अन्य खानाका तुलनामा बढी प्रोटिन हुने र स्वास्थ्यबर्द्धक हुन्छ। यससँगै ‘सी(फुड्स’ केही महँगो भए पनि खाना पारखीका लागि राम्रो चोइस बन्न थालेको छ।’

श्रीजुले पनि नेपालमा सी फुडको राम्रै भविष्य देखेकी छन्। भन्छिन्, ‘पहिले सुसी, श्रीम्प घर/घरमा बन्दैनथे। अहिले युट्युब हेरेर घर/घरमै बनाउँछन्।’

एक त नयाँ पुस्ताको अन्तर्राष्ट्रिय खानाप्रतिको मोह अनि बिदेसिएका युवा/युवती स्वदेश फर्किने क्रमसँगै सी फुडप्रतिको धारणामा परिवर्तन आएको उनी बताउँछिन्।

कोरोनाले मत्थर पारेको सी- फुड व्यवसाय

ओसियन मार्टले सुरुका ६ महिना मात्र व्यापार गर्न पायो। त्यसलगत्तै कोरोनाको त्रास फैलियो। र, लकडाउन सुरु भयो। उक्त मार्टको व्यापार अझै लयमा फर्किन सकेको छैन।

नजिकमा समुद्र नभएकाले टाढाका मुलुकबाटै आयात गर्नुपर्छ, सी फुड। कोरोनाकालमा त्यो सम्भव भएन। ‘हाम्रो कारोबार थोरै मात्र भयो। सुरुवाती समय भएका कारण मार्केट टेस्टका १०(२० प्याकेट गरी सामान ल्याउने गथ्र्यौँ,’ श्रीजु भन्छिन्।

कोरोना कहर मत्थर भएमा भने व्यापारमा राम्रो पिकअप हुन सक्ने आधार रहेॐको उनी बताउँछिन्। त्यसैमा सहमत छन्, तेज लामा पनि । भन्छन्, ‘६ महिनाको राम्रो पिकअपपछि अहिले भने पसल खोल्यो, सफा गर्‍यो, यतिमै बितिरहेको छ दिन।’

 

 Published Date: Sunday, 24th October 2021 1:51:00 pm