Kathmandu Press

समृद्ध तनहुँ बनाउन सबैबीच हातेमालो आवश्यक छ’

मन्त्री न्यौपानेले विकास निर्माणमा राजनीति नगरी एकताबद्ध भएर हातेमालो गर्न सबैलाई आग्रह गरिन्।
समृद्ध तनहुँ बनाउन सबैबीच हातेमालो आवश्यक छ’

तनहुँ, साउन १० : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समृद्ध तनहुँ बनाउने अभियानमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएकी छिन्। 

तनहुँ उद्योग वाणिज्य संघले आज दमौलीमा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उनले दलगत आस्थाभन्दा माथि उठेर तनहुँको विकासमा लाग्नुपर्ने बताइन्। मन्त्री न्यौपानेले विकास निर्माणमा राजनीति नगरी एकताबद्ध भएर हातेमालो गर्न सबैलाई आग्रह गरिन्।

उनले उद्योग व्यवसायमार्फत देश विकासमा लागिरहेका सम्पूर्ण व्यवसायीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गरिन्। 

‘समाज परिवर्तनका लागि लागिरहनुभएका उद्योगी व्यवसायीका समस्या समाधानबारे म पनि जानकार छु। निजी क्षेत्र विकासको मुख्य सम्वाहक भएकाले यहाँहरूका समस्या समाधानमा सरकार प्रतिबद्ध छ र मेरो तर्फबाट आवश्यक सहजीकरण गर्न म सधैँं तयार छु,’ मन्त्री न्यौपानेले भनिन्।

प्रकाशित मिति: २०:४६ बजे, शनिबार, साउन १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्