Kathmandu Press

सिरहामा गोली हानेर लागुऔषधसहित भारतीय नागरिक पक्राउ

भारत, बिहारको मधुवनी जिल्लाका ३८ वर्षीय श्यामसुन्दर पासवानलाई गोली प्रहार गरी लागुऔषधसहित पक्राउ गरेको हो। 
सिरहामा गोली हानेर लागुऔषधसहित भारतीय नागरिक पक्राउ

सिरहा, साउन १० : जिल्लाको नवराजपुर गाउँपालिका–४ कुसण्डीबाट एक भारतीय नागरिकलाई गोली प्रहार गरी लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

भारत, बिहारको मधुवनी जिल्लाका ३८ वर्षीय श्यामसुन्दर पासवानलाई गोली प्रहार गरी लागुऔषधसहित पक्राउ गरेको हो। 

आज दिउँसो भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको बिआर ३२ एम ७३३८ नं को मोटरसाइकललाई जाँचका लागि रोकेको समयमा चालकले मोटरसाइकल नरोकी भाग्ने प्रयास गरेपछि प्रहरीले पेस्तोलबाट एक राउन्ड गोली प्रहार गरेको थियो। 

गोली प्रहारपछि मोटरसाइकल नियन्त्रणमा लिई चालक पासवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका पासवानको साथबाट प्रहरीले ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ। पक्राउ परेका भारतीय नागरिकमाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: २०:३९ बजे, शनिबार, साउन १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्