Kathmandu Press

फेरि पनि हकप्रद सेयर निष्कासनको तयारीमा अपि पावर 

काठमाडौं, कात्तिक ६ : अपि पावर कम्पनीले ३९.३६ प्रतिशत  हकप्रद सेयर निष्कासनको माग गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ।कम्पनीले यसअघि गएको जेठ २० देखि...
फेरि पनि हकप्रद सेयर निष्कासनको तयारीमा अपि पावर 
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ६ : अपि पावर कम्पनीले ३९.३६ प्रतिशत  हकप्रद सेयर निष्कासनको माग गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

कम्पनीले यसअघि गएको जेठ २० देखि असार १३ सम्म ५६ लाख ७० हजार कित्ता (२९ प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो।

एक वर्षअघि कात्तिक १४  देखि मंसिर ४ गतेसम्म पनि ५६ लाख ७० हजार कित्ता (४७ प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो।

कम्पनीले यसपटक १ः०.३९.३६ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो। 

कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहने जनाइएको छ।

प्रकाशित मिति: १४:१५ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्