Kathmandu Press

धरौटी रकम बुझाएर छुटेलगत्तै दीपेश पुन फेरि पक्राउ 

उनले जिल्ला अदालत रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। अघिल्लो साता जिल्ला अदालतले पुनसहित ६ जनासँग धरौटी रकम माग गरेको थियो।
धरौटी रकम बुझाएर छुटेलगत्तै दीपेश पुन फेरि पक्राउ 

काठमाडौं, वैशाख १४ : सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका पुत्र दिपेश पुनले शुक्रबार धरौटी रकम बुझाएर थुनामुक्त भएलगत्तै अर्को उजुरीमा पक्राउ परेका छन्।

उनले जिल्ला अदालत रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। अघिल्लो साता जिल्ला अदालतले पुनसहित ६ जनासँग धरौटी रकम माग गरेको थियो।

Hardik ivf

तर रकम जम्मा नगरेका कारण उनलाई जेल चलान गरिएको थियो। पुनविरुद्ध दर्ता भएको अर्को उजुरीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको थियो। सोही उजुरीमा उनलाई सिआइबीले पक्राउ गरेको हो। 

पुनलाई रुपन्देही प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मा लगाएको छ। सीआईबीले उनलाई काठमाडौं ल्याउँदै गरेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १७:३१ बजे, शुक्रबार, वैशाख १४, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्