Kathmandu Press

दोभानका अग्नि पीडितलाई राहत वितरण

फुङ्लिङ, कात्तिक ५ : ताप्लेजुङको दोभान बजारका अग्निपीडितलाई ताप्लेजुङ समाज युकेले राहत रकम वितरण गरेको छ। ताप्लेजुङ समाज युकेको पहलमा युकेमा सङ्कलन गरिएको...
दोभानका अग्नि पीडितलाई राहत वितरण
Hardik ivfHardik ivf

फुङ्लिङ, कात्तिक ५ : ताप्लेजुङको दोभान बजारका अग्निपीडितलाई ताप्लेजुङ समाज युकेले राहत रकम वितरण गरेको छ। ताप्लेजुङ समाज युकेको पहलमा युकेमा सङ्कलन गरिएको साढे सात लाख रूपैयाँबढी रकम अग्निपीडितलाई वितरण गरिएको हो। 

ताप्लेजुङ समाज युकेका अध्यक्ष बुद्धिमान दर्नाल लगायतको उपस्थितिमा अग्नि पीडित परिवारलाई कूल रु सात लाख ६१ हजार वितरण गरिएको छ। आगलागी भएको साढे आठ महिनापछि ताप्लेजुङ समाज युकेले दोभानका अग्निपीडितलाई उक्त राहत रकम वितरण गरेको हो। समयमै राहत वितरण गर्ने योजना बनाए पनि कोरोना महामारीका कारण ढिलो भएको संस्थाका अध्यक्ष दर्नालले बताए। 

अग्निपीडित ५७ परिवारलाई प्रतिपरिवार १३ हजार रुपैयाँका दरले राहत रकम वितरण गरिएको छ। राहत रकम मेरिङ्देन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर चोङ्बाङ लिम्बू र निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहको उपस्थितिमा पीडितलाई वितरण गरेको पनि संस्थाले जनाएको छ। 

यता राहत रकम वितरण गर्दै गाउँपालिका अध्यक्ष चोङ्बाङले प्रवासमा रहेर पनि आफ्नो जन्मथलोका अग्नि पीडितलाई सम्झेर सहयोग गरेकोमा संस्थाप्रति आभार प्रकट गरे। 

गत फागुन १८ गते मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा भएको आगलागीमा ५१ घर जलेको थियो। उक्त आगलागीबाट ४० करोड रुपैयाँ बढी क्षति हुन पुगेको थियो। ताप्लेजुङ समाज युकेले सोही समयमा सिरिजङ्घा गाउँपालिका–१ सिनाममा भएको आगलागीबाट पीडित बनेका चार परिवारलाई पनि ८० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको संस्थाले जनाएको छ।

प्रकाशित मिति: २०:४६ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्