Kathmandu Press

प्रधानमन्त्री मोदीले गोवा कार्यक्रमका लाभार्थीहरू सँग संवाद गर्ने

नयाँ दिल्ली, कात्तिक ५ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार आत्मनिर्भर भारत स्वयंपूर्ण गोवा कार्यक्रमका लाभार्थीहरू सँग कुराकानी गर्ने कार्यक्रम तय भएको छ।अन्तर्क्रिया...
प्रधानमन्त्री मोदीले गोवा कार्यक्रमका लाभार्थीहरू सँग संवाद गर्ने
Hardik ivf

नयाँ दिल्ली, कात्तिक ५ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार आत्मनिर्भर भारत स्वयंपूर्ण गोवा कार्यक्रमका लाभार्थीहरू सँग कुराकानी गर्ने कार्यक्रम तय भएको छ।

अन्तर्क्रिया बिहान ११ बजे भिडियो कन्फरेन्सिङका माध्यम बाट हुने जनाइएको छ। अन्तरक्रियापछि प्रधानमन्त्री मोदीलले उक्त कार्यक्रमलाई सम्बोधन गर्नेछन्। स्वयम्पूर्ण गोवाको पहल १ अक्टोबर २०२० मा शुरू भएको थियो।

यस कार्यक्रम अन्तर्गत, एक राज्य सरकारी अधिकारी ‘स्वयं मित्र’ को रूप मा नियुक्त गरिनेछ।  ती मित्रले एक निर्दिष्ट पंचायत वा नगरपालिकाको भ्रमण गरी स्थानियहरूसँग अन्तरक्रिया गर्नुका साथै धेरैभन्दा धेरै सरकारी विभागहरू सँग समन्वय गर्नेछ जसबाट स्थानीयले सरकारी योजनाको छिटो लाभ लिन सक्ने अपेक्षा गरिएको छ। गोवाका मुख्यमन्त्री प्रमोद सावन्त उक्त अवसरमा उपस्थित हुनेछन्।

प्रकाशित मिति: १९:४८ बजे, शुक्रबार, कात्तिक ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्