Kathmandu Press

पाकिस्तानका प्रधानमन्त्री सरिफद्वारा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख

उनले कठिन क्षणमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र नेपाली जनताका साथमा रहेको बताएका छन्।
पाकिस्तानका प्रधानमन्त्री सरिफद्वारा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख

काठमाडौं, असोज २१ : पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले नेपालमा हालैको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

सरिफले सामाजिक सञ्जाल एक्समार्फत दुःख व्यक्त गरेका हुन् । उनले कठिन क्षणमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र नेपाली जनताका साथमा रहेको बताएका छन्। 

Hardik ivf

‘नेपालमा बाढी र पहिरोबाट भएको जनधनको व्यापक क्षतिबाट म ज्यादै दुःखी छु । म शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । यो कठिन क्षणमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र नेपाली जनताका साथमा छन्,’सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्।  

 

प्रकाशित मिति: १४:०३ बजे, मंगलबार, असोज २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्