Kathmandu Press

लद्दाखलाई स्वायत्त राज्यको माग गर्दै प्रदर्शन चर्कियो, ४ जनाको मृत्यु, ७० बढी घाइते

सडकमा उत्रिएका युवा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा कम्तीमा चार जनाको मृत्यु र कम्तीमा ७० जना घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् । झडपपछि आक्रोशित प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका छन्। 
लद्दाखलाई स्वायत्त राज्यको माग गर्दै प्रदर्शन चर्कियो, ४ जनाको मृत्यु, ७० बढी घाइते

नयाँ दिल्ली, असोज ८ : भारतको लद्दाखलाई स्वायत्त राज्य कायम गर्नुपर्ने माग गर्दै प्रदर्शन चर्किएको छ। 

सडकमा उत्रिएका युवा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा कम्तीमा चार जनाको मृत्यु र कम्तीमा ७० जना घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् । झडपपछि आक्रोशित प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका छन्। 

Hardik ivf

प्रदर्शनकारीले लद्दाखमा रहेको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा आगजनी समेत गरेका छन् । एउटा गाडीमा समेत आगजनी गरिएको छ । भारतीय प्रहरीले हिंसा नियन्त्रणमा लिन अश्रु ग्यास र लाठिचार्ज गरेको छ। 

प्रदर्शन चर्किपछि जम्मू कश्मीरका पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीले केन्द्र सरकारले अगाडि बढेर जम्मू कश्मीरका जनताको असन्तोषको कारण पत्ता लगाउनुपर्ने प्रतिक्रिया दिएको बताइएको छ। 

पूर्वमुख्यमन्त्री मुफ्तीले एक्समा पोस्ट गर्दै भनेकी छन्, ‘सन् २०१९ पछि वास्तवमै यहाँ के बदलाव भयो? भारत सरकारले अब इमानदारी र गहिरोसँग यो आँकलन गर्नुपर्छ।’ 

सन् २०१९ मा भारतको केन्द्र सरकारले जम्मू कश्मीरको विशेष अधिकार खारेज गरी त्यसलाई दुई केन्द्रशासित प्रदेशमा विभाजन गरेपछि लद्दाखलाई अलग्गै केन्द्रशासित प्रदेश बनाएको थियो।

प्रकाशित मिति: १८:४८ बजे, बुधबार, असोज ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्