Kathmandu Press

बाढी र डुबानको दीर्घकालीन समाधानका लागि योजना बनाएर काम गरिनेछ : प्रधानमन्त्री देउवा

भजनी, कात्तिक ५ ; प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र डुबानको समस्यालाई दीर्घकालीन रूपमा समाधान हुनेगरी पहल गरिने बताएका छन्।शुक्रबार कैलालीको टीकापुर नगरपालिका–८ वनगाउँ क्षेत्रमा...
बाढी र डुबानको दीर्घकालीन समाधानका लागि योजना बनाएर काम गरिनेछ : प्रधानमन्त्री देउवा
कञ्चनपुरमा बाढी र डुबानको अवस्थाको स्थलगत अवलोकन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा।

भजनी, कात्तिक ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र डुबानको समस्यालाई दीर्घकालीन रूपमा समाधान हुनेगरी पहल गरिने बताएका छन्।

शुक्रबार कैलालीको टीकापुर नगरपालिका–८ वनगाउँ क्षेत्रमा बाढीका कारण भएको क्षतिको निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले बाढी र डुबानको समस्या दीर्घकालीनरुपमा समाधान हुनेगरी योजना बनाएर काम गरिने बताएका हुन्।

Hardik ivf

‘अहिले बाढी, पहिरो र डुबानका कारण ठूलो क्षति भएको छ। यो विपत्तिका समयमा तत्काल राहत, उद्धार र नागरिकलाई सहानुभूति आवश्यक छ। त्यसमा सरकार लागिसकेको छ,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘त्यसपश्चात् दीर्घकालीनरुपमा राहतका लागि सरकारले योजना बनाएर अगाडि बढ्छ।’ उनले बर्सेनि कैलालीमा बाढी र डुबानको समस्या झेल्दै आएका नागरिकलाई दीर्घकालीन रूपमा व्यवस्थापन हुनेगरी सरकारले योजना बनाउने बताउँदै बाढी र डुबानका कारण किसानले ठूलो क्षति बेहोर्नुपरेका अवस्थामा उनहरुका लागि दीर्घकालीन राहत प्याकेजको सरकारले व्यवस्थापन गर्ने स्पष्ट पारे। 

साथै प्रधानमन्त्री देउवाले विपत्तिका कारण भएको धनजनको क्षतिलाई प्रत्यक्षरुपमा निरीक्षण गरिएको बताउँदै प्रभावित क्षेत्रको वस्तु स्थितिलाई नजिकबाट नियालेका कारण पनि अहिलेको समस्यालाई समाधानका लागि सरकारले तत्काल योजना बनाएर अगाडि बढ्ने आश्वासन दिए। 

आज प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलगायतको टोलीले कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका बाढी ग्रस्त क्षेत्रको निरीक्षण गरेको हो।

कैलालीमा बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा हजारौँ परिवार विस्थापित भएका छन् भने सयौँ बिघा क्षेत्रफलमा लगाइएको अन्न तथा तरकारी बाली पूर्णरुपमा नष्ट भएको छ।

प्रकाशित मिति: १६:१० बजे, शुक्रबार, कात्तिक ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्