Kathmandu Press

मुख्यमन्त्री आचार्यद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस, मतदान आइतबार हुने

विराटनगर, कात्तिक ५ : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव आज (शुक्रबार) प्रदेशसभामा पेस गरेका छन् ।उनले प्रस्ताव पेस गरेलगत्तै प्रदेशसभा...
मुख्यमन्त्री आचार्यद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस, मतदान आइतबार हुने

विराटनगर, कात्तिक ५ : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव आज (शुक्रबार) प्रदेशसभामा पेस गरेका छन् ।

उनले प्रस्ताव पेस गरेलगत्तै प्रदेशसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। सभामुख प्रदीपकुमार भण्डारीले आइतबारको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलसँगै मतविभाजनसमेत हुने जानकारी दिए।

Hardik ivf

सो प्रयोजनका लागि आइतबार (कात्तिक ७ गते) दिउँसो १२ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ।

आज (शुक्रबार) प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र छलफल गर्ने र मतविभाजमा जाने सहमति भएको थियो।

आचार्य एमालेको एकल बहुमतबाट मुख्यमन्त्री बनेका थिए। एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै उनले प्रदेशसभामा बहुमत गुमाएका छन्। सत्तारूढ दल विभाजित भएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था संविधानले गरेको छ।

प्रकाशित मिति: १५:२५ बजे, शुक्रबार, कात्तिक ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्