अवरुद्ध भीमदत्त राजमार्ग तीन दिनपछि खुल्यो
काठमाडौं, कात्तिक ४ : डडेल्धुरामा अविरल वर्षासँगै आएको पहिराका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ ।राजमार्ग अन्तर्गत कैलालीको चुरे गाउँपालिकाको भासु...
काठमाडौं, कात्तिक ४ : डडेल्धुरामा अविरल वर्षासँगै आएको पहिराका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ ।
राजमार्ग अन्तर्गत कैलालीको चुरे गाउँपालिकाको भासु भिरमा आएको पहिरो पन्छाइए पनि डोटीको गोल्डेन र डडेल्धुराको साहुखर्कमा अवरोध भएका कारण राजमार्ग खुलेको थिएन ।
बुधबार वर्षा बन्द भएपछि निरन्तर डोजर लगाएर पहिरो पन्छाएपछि अहिले राजमार्ग पूर्णरूपमा खुलेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । अत्तरियादेखि डडेल्धुरासम्म अब कुनै अवरोध छैन । पहिरो गएको ठाउँठाउँमा नयाँ ट्र्याक खोलेर राजमार्ग सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
बाटो खुलेपछि तीन दिनदेखि अलपत्र परेका सयौँ सवारीसाधन गन्तव्यतर्फ गएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।
प्रकाशित मिति: २१:२२ बजे, बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार