संसदीय दलको नेतामा विश्वास गुमाए पनि राजीनामा नदिने मुख्यमन्त्री लामाको अडान
‘मुख्यमन्त्री त फेर्नै सक्दैन, कोलेसन गभरमेन्ट हाे। मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन,’ उनले भने।-(3)-1753716961.jpg)
मकवानपर, साउन १३ : संसदीय दलको नेताबाट विश्वास गुमाएपछि पनि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्यमन्त्री पद नछाड्ने बताएका छन्।
आफू संसदीय दलको नेताबाट हटे पनि लामाले मुख्यमन्त्री पद नछाड्ने अडान लिएका हुन्। संसदीय दलको नेता नरहे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनु नपर्ने दाबी लामाको छ।
संसदीय दलमा विश्वास गुमाएका लामाले संचारकर्मीसँग भने, ‘सरकारबाट राजीनामा दिनुपर्छ भन्ने नै छैन। सरकार एउटा पाटो हो । संसदीय दल अर्को पाटो हो। मुख्यमन्त्री पदबाट हटाउनपर्ने कुनै आधार छैन। मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन।’
लामाले आफूविरुद्ध पार्टी भित्रबाटै विभिन्न प्रपञ्च रचिएको दाबी समेत गरे। ‘सबैलाई मिलाएर अघि बढौं भन्दा विभिन्न जालहरू रचिएको कुरा पनि आजै थाहा पाएँ,’ उनको भनाइ छ।
उनले आफ्नै मन्त्रीहरू पनि जालोभित्र रहेको बताए। कांग्रेस वागमती प्रदेश संसदीय दलको मत विभाजनमा लामाको पक्षमा १५ मत र विपक्षमा २२ मत परेको थियो।
‘मुख्यमन्त्री त फेर्नै सक्दैन, कोलेसन गभरमेन्ट हाे। मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन,’ उनले भने।
लामाले आफूले राजीनामा गर्नुपर्ने कुनै अवस्था नरहेको पनि बताए।
-(56)-1764919423.jpg)




-(56)-1764919423.jpg)





