Kathmandu Press

मकवानपुरमा पाँच किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं, कात्तिक ४ : प्रहरीले ५ किलो ३०० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–५का ४८ वर्षीय प्रेमबहादुर...
मकवानपुरमा पाँच किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं, कात्तिक ४ : प्रहरीले ५ किलो ३०० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–५का ४८ वर्षीय प्रेमबहादुर प्रजा र सोही गाउँपालिकाका २२ वर्षीय रविन्द्र प्रजा रहेका छन्।

Hardik ivf

उनीहरुलाई मंगलबार बिहान इलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले पुर्व पश्चिम लोकमार्ग सडकखण्डबाट पक्राउ गरेको हो।

हेटौडा तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना १ ज १६७६ नं. को माईक्रो बसलाई रोकी चेकजाँच गर्दा उक्त माईक्रोमा सवार उनीहरुको साथबाट लागुऔषध गाँजा ५ किलो ३०० ग्राम बरामद गरेको छ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: १४:४७ बजे, बिहीबार, कात्तिक ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्