Kathmandu Press

आर्यनको जमानतका लागि उच्च अदालतमा निवेदन दिने तयारी

काठमाडौं, कात्तिक ४ : बलिउड नायक साहरुख खानका छोरा आर्यन खानलाई मुम्बईको एनडिपिएस अदालतले जमानत दिन अस्वीकार गरेको छ। उनीसँगै पक्राउ परेका मुनमुन धमिचा र...
आर्यनको जमानतका लागि उच्च अदालतमा निवेदन दिने तयारी
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ४ : बलिउड नायक साहरुख खानका छोरा आर्यन खानलाई मुम्बईको एनडिपिएस अदालतले जमानत दिन अस्वीकार गरेको छ। 

उनीसँगै पक्राउ परेका मुनमुन धमिचा र अरबाज मर्चेन्टको जमानतको आग्रहलाई पनि अदालतले खारेज गरेको छ। अदालतको यो निर्यायसँगै आर्यनले अझै केही समय जेलमा नै बिताउनुपर्ने अवस्था सिर्जना भएको छ। आर्यनलाई मुम्बईको आर्थर रोड जेलमा राखिएको छ।

आर्यनको जमानतको निवेदनमाथि बुधबार अदालतमा बहस भएकोे थियो। भारतिय सञ्चार माध्यमका अनुसार अब उनको जमानतका लागि मुम्बईको उच्च अदालतमा निवेदन दिने तयारीमा रहेको आर्यनका वकिलले जानकारी दिए। 

आर्यनलाई एनसिबीले मुम्बईको एक क्रुज पार्टीबाट गिरफ्तार गरेको थियो। आर्यनमाथि ड्रग्स किनेको र सेवन गरेको आरोप लगाइएको छ। आर्यनको ह्वाट्सएप च्याटमा ड्रग्सको विषयमा कुराकानी गरेको पाइएको एनसिबीको दाबी छ।

तर आर्यनका वकिलले भने उनका साथबाट ड्रग्स नभेटिएको, उनी क्रुजभित्र प्रवेश नै नगरेको, मेडिकल जाँचका क्रममा पनि उनले ड्रग्स सेवन गरेको नदेखिएकाले जमानत दिन आग्रह गरेका थिए।

प्रकाशित मिति: १४:३४ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्