Kathmandu Press

डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच सांसदहरू गगन थापा, विद्या भट्टराई, सुदन किराँती, मनिष झा, समीक्षक राजकुमार बानियाँ र लेखक स्वयंले संयुक्त रूपमा कल्प सार्वजनिक गरे।  
डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक

काठमाडौं, भदौ २१ : डा. नवराज लम्सालको नयाँ महाकाव्य कल्प सार्वजनिक भएको छ। यो उनको चौथो महाकाव्य हो।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच सांसदहरू गगन थापा, विद्या भट्टराई, सुदन किराँती, मनिष झा, समीक्षक राजकुमार बानियाँ र लेखक स्वयंले संयुक्त रूपमा कल्प सार्वजनिक गरे।  

यसअघि डा. लम्यसालका कर्ण, धारा र अग्नि महाकाव्य प्रकाशित छन्। कल्प शिखा बुक्सले प्रकाशन गरेको हो। 

Hardik ivf

विमोचन समारोहमा कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले नवराज लम्सालको प्रतिष्पर्धा नवराज लम्सालसँग मात्र भएको बताए। उनले लम्साल २०६२ को आन्दोलन यताको केन्द्रीय साहित्यिक व्यक्तित्व भएको बताए। 

‘कुनै दलको झ्रन्डा नबोके पनि कुनै पनि राजनैतिका दलका नेताभन्दा कम राजनीतिक चेतना लम्सालसँग छैन, त्यही चेतनाका कारण उनका काव्य उच्चस्तरका, वैचारिक र राजनीतिक नेतृत्वले पनि पढ्नै पर्ने भएको हो,’ उनले भने।

यस्तै, एमाले सांसद विद्या भट्टराईले नवराज लम्सालको वैचारिक धरातल निकै गहिरो रहेको आफूले पाएको बताइन्। कल्प पढेपछि कविको विश्वदृष्टि निकै राम्रो भएको पाएको बताइन्।

कार्यक्रमका अर्का अतिथि नेकपा माओवादीका सांसद सुदन किरातीले लम्साल सिमान्तकृत जाति आदिवासी महिला र मधेशीको साँस्कृतिक विम्व र पहिचानका गहिरो लेखक भएको बताए।

नवराज लम्साल देशको सांस्कृतिक चेतना र बहुलतालाई सम्मान गर्ने कवि हुन् । उनको लेखनमा सांस्कृतिक झल्को र देशको अनुहार भेटिन्छ,’ उनले भने।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेका सांसद मनिष झाले लम्सालले मधेशलाई जुरुक्क उठाएर आफ्नो बोली राख्न नसक्ने जनताको बोलीलाई कविताको भाषा दिएर देशलाई जोडेको बताए।

समीक्षक राजकुमार बानियाँले विश्वका चर्चित महाकाव्यहरूको उदाहरण दिँदै नेपाली भाषामा यस प्रकारको काव्य लेखिनु नेपाली भाषाकै गौरव भएको बताए। महाकाव्य हुनका लागि जति चिन्तन बौद्धिकता र गहिराई चाहिन्छ, नवराज लम्सालले त्यसको सीमा पार गरेको उल्लेख गरे।  

लेखनमा क्रियाशील लम्साल आफैंले यस महाकाव्यलाई आफ्नो मस्तिष्क निचोरिएको बताएका छन्। कवि लम्साल प्रसिद्ध रेडियोकर्मी पनि हुन्। उसले ३० वर्ष रेडियो नेपालमा र १० वर्ष बिबिसीमा काम गरेका थिए। 

डा. लम्सालका चार महाकाव्य, तीन कविता संग्रह र दुई गीत संग्रहसहित नौ पुस्तक प्रकाशित छन्।

प्रकाशित मिति: १३:०७ बजे, शनिबार, भदौ २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्