Kathmandu Press

पोखरामा सुरु भयो विश्वकै भिरालो सुपरम्यान जिपलाइन, गिनिज बुकमा दर्ता गर्न आवेदन

काठमाडौं, कात्तिक २ : जिपलाइनमा विश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड ‘जिप फ्लायर’ को फ्रेन्चाइज रहेको हाइग्राउण्ड एडभेन्चर प्रालिले एक दशकदेखि पोखरामा सञ्चालन गरिरहेको...
पोखरामा सुरु भयो विश्वकै भिरालो सुपरम्यान जिपलाइन, गिनिज बुकमा दर्ता गर्न आवेदन
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक २ : जिपलाइनमा विश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड ‘जिप फ्लायर’ को फ्रेन्चाइज रहेको हाइग्राउण्ड एडभेन्चर प्रालिले एक दशकदेखि पोखरामा सञ्चालन गरिरहेको विश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यान जिपलाइन खेलको सुरुवात गरेको छ।

सन २०१० मा नेपालमै पहिलोपटक जिपलाइनको सुरुवात गरेको हाइग्राउण्डले एक दशक पछि आफ्ना ग्राहकलाई फरक स्वाद दिन सुपरम्यान जिपलाइन सुरु गरेको हो। समुन्द्री सतह देखि १ हजार ५ सय पचास मिटरको उचाइमा रहेको सराङ्कोटको टप स्टेसनबाट बटम स्टेशन हेम्जा सम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर रहेको छ।

यति धेरै भिरालो भएको जिपलाइन विश्वमै अरु नभएकोले गिनिज बुक अफ वल्ड रेकर्डमा ‘विश्वकै भिरालो जिपलाइन’ का रुपमा दर्ता गर्न आवेदन दिएको कम्पनीका चिफ अपरेटिङ अफिसर दिनेस महर्जनले बताए । विश्वकै लामो मध्येको उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दुरि सुपरम्यान जिपलाइनमा पार गर्न औसत १ सय चालीस किमि प्रती घण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्ने महर्जन बताउँछन्।

पोखराबाट नागबेली बाटो काट्दै करिब ४५ मिनेटको यात्रामा सराङ्कोटको टुप्पोमा पुग्दै गर्दा दक्षिणमा फेवाताल र पोखरा शहर अनि सराङ्कोटको शिरबाट उत्तरमा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरुको अदभूत दृश्यावलोकन समेत गर्ने मौका पाइन्छ । ३५ देखि १२० किलो सम्मका व्यक्तिले खेल्न सक्ने जिपलाइनमा १२ वर्ष देखि माथिकाले खेल्न सक्छ्न। ९४ बर्षिय बेलायतकी नागरिक जुन स्कट अहिले सम्म जिपलाइन गर्ने सबै भन्दा जेष्ठ नागरिक रहेको महर्जन बताउँछन्।

नेपालीलाई ६ हजार पाँच सय र विदेशीलाई ८ हजार पाँच सय रहेको सुपरम्यान जिपलाइनको फोटो भिडियो र टिसर्ट प्याकेजको अतिरिक्त १ हजार ५ सय रहेको छ। जिपलाइन र बन्जी गर्ने ग्राहकलाई पिक एण्ड ड्रपको  व्यवस्था पनि कम्पनिले नै गर्नेछ जसको अतिरिक्त शुल्क लाग्दैन। साथै कम्पनिले हेम्जामा छिट्टै विभिन्न एडभेन्चर खेलहरु पनि थप्ने योजना रहेको बताइएको छ।

प्रकाशित मिति: १२:१७ बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्