Kathmandu Press

‘अफगानिस्तानमा मानवीय सहायताको खाँचो छ’

रोम, असोज २७ अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको औंल्याइएको छ।अफगानिस्तानका विषयमा भएको जी–२० को जुम बैठकपछि पत्रकारसँग कुराकानी गर्दै इटालीका...
‘अफगानिस्तानमा मानवीय सहायताको खाँचो छ’

रोम, असोज २७ : अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको औंल्याइएको छ।

अफगानिस्तानका विषयमा भएको जी–२० को जुम बैठकपछि पत्रकारसँग कुराकानी गर्दै इटालीका प्रधानमन्त्री मारिओ ड्राघीले सो कुरा बताएका हुन्। 

Hardik ivf

उक्त बैठकपछि उनले समाचारदाताहरुसँग भने, ‘हामीले अफगानिस्तानको अवस्थालगायत धेरै विषयमा कुराकानी गरेका छौँ, मलाई लाग्छ यहाँको अवस्था अहिले नै नाजुक छ, यहाँका नागरिकलाई मानवीय सहायताको खाँचो छ।’ 

इटालीले अफगानिस्तानको विषयलाई लिएर जी–२० का सदस्य राष्ट्रहरुको जुम बैठक आयोजना गरेको थियो । सो बैठकमा जी–२० का सबै देशका सरकार तथा राज्य प्रमुखहरु सहभागी थिए। 

अफगानिस्तानमा विद्रोह गरिरहेका तालिबानीहरुले गत महिना यहाँको सत्ता हत्याएका थिए। त्यसपछि त्यहाँबाट अमेरिकी सेना फिर्ता भएको छ भने विश्वका देशहरुले पनि अफगानिस्तानमा दिने सहायता रोकेका छन्। 

यसैकारणले अफगानिस्तानको आर्थिक अवस्था पनि नाजुक बन्दै गएको बताइएको छ।

प्रकाशित मिति: १५:३९ बजे, बुधबार, असोज २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्