गायक दिनेश ढकालले ल्याए ‘कालो केशमा रेलिमाई’
गायक दिनेश ढकालले आफ्नो पहिलो गीत ‘कालो केशमा रेलिमाई’ रिलिज गरेका छन् ।
काठमाडौं, असोज २५ : गायक दिनेश ढकालले आफ्नो पहिलो गीत ‘कालो केशमा रेलिमाई’ रिलिज गरेका छन् ।
शब्द, संगीत र लय गायक ढकाल स्वयंको छ । लोक र आधुनिक भाकाको फ्युजन रहेको गीतमा संगीत संयोजन शार्दुल श्रेष्ठको छ ।
भिडियोको निर्देशन मानव सुवेदीले गरेका छन् । भिडियोमा अल्का सुवेदी, राजन न्यौपाने, शिव थापा, सुकृति उप्रेती र गायक ढकाल फिचर्ड छन् । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत यो गीत रिलिज गरिएको छ ।
प्रकाशित मिति: १८:१६ बजे, सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार