Kathmandu Press

मनोज गजुरेलले गरे विवाह, उल्टोपाल्टो नलेखिदिन मिडियाकर्मीलाई आग्रह 

काठमाडौं, असोज २५ : चर्चित हास्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। आज (सोमबार) सामाजिक सञ्जालमार्फत उनले आफ्नो विवाहबारे जानकारी दिएका हुन्। ‘आफन्त, साथी तथा...
मनोज गजुरेलले गरे विवाह, उल्टोपाल्टो नलेखिदिन मिडियाकर्मीलाई आग्रह 

काठमाडौं, असोज २५ : चर्चित हास्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनले आज (सोमबार)  डोलेश्वर महादेवको दर्शन गरेर र मानवसेवा आश्रमका बुवाआमालालाई खाना खुवाएर िववाह गरेकाे बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले आफ्नो विवाहबारे जानकारी दिएका हुन्। ‘आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी’ भन्दै उनले पहिलोपटकको लामो वैवाहिक जीवन कानुनी रूपमा टुंगिएको चार वर्षपछि नेपाल सरकारको न्याय सेवाकी अधिकृतसमेत रहेकी मन्जु पोखरेलजीसँग दोस्रो विवाह भएको उल्लेख गरेका छन्।

‘यो सुखद जानकारी गराउछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गर्यौं। त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौं । अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार) मा रहेका बुवाआमालाई खाना खुवाएर र खाएर विवाह सम्पन्न गरेका छौँ। परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशीर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद।’

पहिलो बैवाहिक सम्बन्ध टुंगिएपछि दुई सन्तानको एकल अभिभावक रहँदै आएको, त्यस्तो परिस्थिति कठिनाइपूर्ण बनेको र सन्तानबाट समेत आग्रह आएको हुँदा आफूले दोस्रो विवाह गर्नुपरेको उनले स्पष्ट पारेका छन्।  

‘जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ। मेरो लामो वैवाहिक जीवन चार वर्षपहिले कानुनी रूपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ। त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको  छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो। त्यसैगरी मेरा बाबुनानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशील हुनु पनि जरुरी थियो। यी दुवै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो। बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो।’ 

मन्जु पोखरेलसँग चिनजानसँगै बिस्तारै घनिष्टता बढ्न थालेको र दुवैजना एकैखालको परिवेश र उस्तै खालको भोगाइबाट गुज्रिएकाले अन्ततः सहयात्रा गर्ने निर्णयमा पुगेको गजुरेलले बताएका छन्। 

्‘एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने  बाचा गर्यौं। अगाडि आईपर्ने सुखदुखलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं। हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्दत गर्यो,’ उनले लेखेका छन्।

आफ्नो व्यक्तिगत जीवनबारे काल्पनिक समाचार नलेखिदिन उनले सम्पूर्ण मिडियाकर्मीमा अनुरोध गरेका छन्। ‘मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला। हाम्रा सन्तानको सुख र शान्तिका  लागि परपीडक ट्रोल र भिडियो नबनाइदिनुहोला,’ उनले भनेका छन्, ‘कसैको निजी जीवनका बारेमा कपोकल्पित  समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविष्यको योजनाका बारेमा अनुमानकारिता नगर्नुहुन पनि अनुरोध गर्दछु।’

आफूहरूको नितान्त व्यक्तिगत मामिलाबारे अनावश्यक सामग्री बनाउने कानुनी, व्यावहारिक र सामाजिक अनुमति कसैलाई नभएको पनि उनले बताएका छन्।

विगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण आफू र आफ्ना छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको भन्दे उनले गुनासो पनि गरेका छन्।

‘त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत सञ्जालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ, कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला। सामाजिक सञ्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गम्भीर असरलाई पनि महसुस गर्नुहोला।’

प्रकाशित मिति: १२:४७ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलिउड कलाकार जय भानुशाली नेपालमा
बलिउड कलाकार जय भानुशाली नेपालमा
शमी साहित्य साधना सम्मान घोषणा
शमी साहित्य साधना सम्मान घोषणा