बीपी साहित्य सम्मान र प्रजातन्त्र सेनानी सम्मान घोषणा, क-कसले पाउने भए?
प्रत्येक वर्ष बी.पी. जन्मजयन्तीका अवसरमा प्रदान गरिने बी.पी. कोइराला स्मृति साहित्य सम्मान पुरस्कार शर्मालाई प्रदान गर्ने निर्णय गरेको हो । यस्तै बी.पी. कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार अर्जुन खड्का (उदयपुर) लाई प्रदान गरिने भएको ट्रष्टले जनाएको छ ।
काठमाडौं, भदौ १७ : जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस बर्षको बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार डा. बेन्जु शर्मा (काठमाडौं) लाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रत्येक वर्ष बीपी जन्मजयन्तीका अवसरमा प्रदान गरिने बीपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार शर्मालाई प्रदान गर्ने निर्णय गरेको हो।
यस्तै बीपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार अर्जुन खड्का (उदयपुर) लाई प्रदान गरिने भएको ट्रष्टले जनाएको छ।
यी दुबै पुरस्कार जननायक बी.पी. कोइराला स्मृति ट्रष्ट पुरस्कार छनौट समितिका संयोजक रामचन्द्र पोखरेल, सदस्यहरु किरण यादव र मा. हरिप्रभा श्रेष्ठ खड्गीको निर्णयबाट प्रदान गरिएको हो।
साहित्यकारतर्फको पुरस्कारको राशी नगद एक लाख र एक हजार तथा बी.पी. सेनानी सम्मान पुरस्कारको राशी एकाउन्न हजार रहेको छ।
यी दुबै पुरस्कारहरु भाद्र २४ गते राष्ट्रपति श्री रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रपति कार्यालय, शितलनिवासमा एक कार्यक्रममा बीच वितरण गरिने ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले बताए।
ट्रष्टले जननायक बी.पी.कोइरालाको शतवार्षिक वर्ष २०७१ बाट निरन्तर रुपमा यी पुरस्कार प्रदान गर्दै आएको छ।
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)