सिन्धुपाल्चोककी गंगाले जितिन् नेपाल आइडल’ सिजन–६ को उपाधि
गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन–६ कोसम्पन्न ग्राण्ड फिनालेमा चार जना प्रतिस्पर्धीलाई पछि पार्दै सिन्धुपाल्चोककी सोनामले उपाधि हात पारेकी हुन् ।
काठमाडौं, भदौ १६ : ‘नेपाल आइडल’ सिजन–६ को उपाधि गंगा सोनामले जितेकी छिन् ।
गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन–६ कोसम्पन्न ग्राण्ड फिनालेमा चार जना प्रतिस्पर्धीलाई पछि पार्दै सिन्धुपाल्चोककी सोनामले उपाधि हात पारेकी हुन् ।
उनले पुरस्कार स्वरूप उपाधि, ट्रफी सहित नगद २५ लाख रूपैयाँ प्राप्त गरेकी छन् । त्यस्तै भारतकी बबिता थापामगर फस्र्ट रनरअप र चितवनकी दर्शना गान्धारी सेकेन्ड रनरअप भएकी छन् ।
उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँ सहित विभिन्न उपहार हात पारेका छन् । अघिल्लो वर्ष नेपाल आइडलमा करण परियारले उपाधि हात पारेका थिए ।
प्रकाशित मिति: ०७:४५ बजे, सोमबार, भदौ १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(56)-1764919423.jpg)







