Kathmandu Press

कविता सङ्ग्रह ‘छन्द लहरी’ विमोचन

पाल्पा, असोज २३ : साहित्यकार गणेश आत्रेयद्वारा रचित कविता सङ्ग्रह ‘छन्द लहरी’को पाल्पामा विमोचन भएको छ। साहित्यकार तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो कृतिको विमोचन...
कविता सङ्ग्रह ‘छन्द लहरी’ विमोचन

पाल्पा, असोज २३ : साहित्यकार गणेश आत्रेयद्वारा रचित कविता सङ्ग्रह ‘छन्द लहरी’को पाल्पामा विमोचन भएको छ। साहित्यकार तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो कृतिको विमोचन गरेका हुन्। 

‘छन्द लहरी’ मा १२१ कविता समेटिएको छ। धवल पुस्तकालय पाल्पाद्धारा आयोजित सो कार्यक्रममा कवितामा दार्शनिक चेतना, ईश्वरप्रतिको भरोसा, वर्तमान समाजमा देखिएको विकृतिप्रतिको चिन्ता, श्रमप्रतिको सम्मान, सामूहिक चेतना प्रतिबिम्वित रहेको ज्ञवालीले बताए।

Hardik ivf

साहित्य सिर्जनाले वर्तमान समाजमा सकारात्मक विचार प्रवाहित गर्नुका साथै आत्मविश्वास जगाउन सचेत रहनुपर्ने ज्ञवालीको धारणा थियो । वरिष्ठ साहित्यकार चोलेश्वर शर्माले कवि आत्रेयको ‘छन्द लहरी’ कर्ममा आधारित चेतनामूलक कृति रहेको औँल्याए। 

साहित्यकार तथा समालोचक डा शङ्करप्रसाद गैरेले कृतिमा १२१ कविता समेटिएको पठनीय सामग्री रहेको बताए। नेकपा एमालेका नेता ठाकुर गैरे, पोखराथोक साहित्य सङ्गमका अध्यक्ष हरि भट्टराईलगायतले कृतिकारलाई साहित्यका माध्यमबाट समाज रुपान्तरण गर्न सकिने भएकाले त्यसतर्फ  लेखनलाई जारी राख्नुपर्ने बताए। 
 

प्रकाशित मिति: १०:५३ बजे, शनिबार, असोज २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्