Kathmandu Press

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठजनाको मृत्यु

काठमाडौं, असोज १० : मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ।सिरहाको गोलबजार नगरपालिका–३ गागनपुलस्थित सडकमा ना।६ ख १३१...
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठजनाको मृत्यु
Hardik ivfHardik ivf

काठमाडौं, असोज १० : मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ।

सिरहाको गोलबजार नगरपालिका–३ गागनपुलस्थित सडकमा ना।६ ख १३१ नम्बरको ट्रकले बा४ ख ६३१२ नम्बरको हाईस र स७ प ९१८५ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी कन्चनपुर नगरपालिका–७ बस्ने ३५ वर्षीय अविषेक कटुवालको गोल्डेन अस्पताल विराटनगर र मोटरसाइकलमा सवार सुनसरी ईटहरी उपमहानगरपालिका–१७ बस्ने २७ वर्षीय अच्युत लुईटेलको राउ स्मारक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र हाईसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–४ बाँसघारीस्थित सडकमा बा४ख ६२२० नम्बरको टिपरले प्र३०२००७प ४०८८ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिंदा मोटरसाइकल चालक पाँचखाल नगरपालिका–११ बस्ने ३३ वर्षीय सुमन रेग्मीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

बाँकेको कोहलपुर नगरपालिका–५ एनसिसि चोकस्थित सडकमा लु२त  ४७८४ न्बरको ट्याक्टरले भे९प ५६७८ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिंदा मोटरसाइकल चालक सोही नगरपालिका–३ बस्ने ३५ वर्षीय सन्तोष अधिकारीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ। 

बाराको परवानीपुर गाउँपालिका–३ स्थित सडकमा ना६ख ४९७१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री कलैया उपमहानगरपालिका–१ शान्ति टोल बस्ने ५० वर्षीय अनिल सुवेदीको शनिबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरंगजमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

रामेछापको सुनापती गाउँपालिका–४ पानीघाटको सिरानमा काठमाडौंबाट हिलेदेवि रामेछापतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०१०२४ च१४४० नम्बरको बोलेरो गाडी सडकबाट अन्दाजी १ सय मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा गाडीमा सवार सुनापती गाउँपालिका–३ हिलेदेवी बस्ने ४६ वर्षीया शारदा खत्रीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि धुलिखेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका गाडीका चालक सहित ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

नुवाकोटको लिखु गाउँपालिका–५ डुडेस्थित सडकमा ना८ख ५७९१ नम्बरको टिपरले प्रदेश ३ ०२–०११ प ४३१६ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार लिखु गाउँपालिका–५ डुडे बस्ने २८ वर्षीय रामकुमार गजुरेलको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ। 

म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरस्थित सडकमा ग।१ ज ६६६२ नम्बरको बोलेरो जिपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७६ वर्षीया गौमती बिकको शनिबार दिउँसो मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको बेनी अस्पताल हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित मिति: १२:४३ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्