हतियारसहित शिकारी पक्राउ
बझाङ, असाेज ६ : खप्तड राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारीटोलीले हतियारसहित दुई शिकारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको खप्तड...बझाङ, असाेज ६ : खप्तड राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारीटोलीले हतियारसहित दुई शिकारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बझाङको खप्तड छान्ना गाउँपालिकाका ५९ वर्षीय दिल बहादुर जेठारा र ३५ वर्षीय वीरेन्द्र बहादुर कार्की रहेका छन्।
प्रहरीले उनीहरुको साथबाट एउटा भरुवा बन्दुक बन्दुकमा लाग्ने गोली ५ थान, बारुदको डिब्बा २ थान र भरुवा बन्दुको केप डिब्बा एक थान बरामद गरेको छ।
उनीहरुलाई प्रहरीले पौवागढीबाट पक्राउ गरि आवश्यक कारवाहीको लागि खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, बाजुरामा बुझाएको जनाएको छ।
प्रकाशित मिति: २०:२९ बजे, बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार