Kathmandu Press

भारत र पाकिस्ताबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा सांसदहरुको जोड

कांग्रेसकै अर्का सांसद एनपी साउदले भारत र पाकिस्तानबीचको पछिल्लो तनावलाई मधयनजर गरेर सरकारले कुटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने बताए।
भारत र पाकिस्ताबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा सांसदहरुको जोड

काठमाडौं, वैशाख २४ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्नसक्ने प्रभावबारे सचेत रहनुपर्नेमा जोड दिएका छन्।

कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारण भारत र पाकिस्तानबीच युद्ध सुरु भएको भन्दै यसले नेपाललाई पार्ने अल्पकालीन र दीर्घकालीन प्रभावहरूका बारेमा नेपाल सरकारले समयमै सचेत भएर छलफल अघि बढाउन अनुरोध गरे।

उनले दक्षिणपूर्वी एसियाली मुलुकमा द्वन्द्व चर्किएको र यतिबेला राष्ट्रिय राजनीतिक दलको एकता जरुरी भएको औंल्याए। 

Hardik ivf

संविधान संशोधन, सङ्घीयताको सवलीकरण, संस्कृतिको संरक्षण र प्रवर्द्धनलगायत विषयमा सबै दलहरूबीच न्यूनतम सहमति गरी आमजनतालाई आशा जगाउनुपर्नेमा उनले जोड दिए।

कांग्रेसकै अर्का सांसद एनपी साउदले भारत र पाकिस्तानबीचको पछिल्लो तनावलाई मधयनजर गरेर सरकारले कुटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने बताए।

‘आफ्नै नागरिक आस्थाका आधारमा आतंकको शिकार भएको र छिमेकमा युद्धको आगो सल्किरहेको बेला नेपाल सरकारले कुटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्न सुझाव दिन चाहन्छु,’ उनले भने।

सांसद साउदले छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेकोप्रति असन्तोष व्यक्त गरे।

यस्तै, स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले ठूला देशलाई जिस्क्याउने काम गरिरहेको आरोप लगाएका छन्। बैठकमा बोल्दै पाकिस्तानको उच्चस्तरीय सैनिकमण्डल नेपाल भ्रमणको अहिले उपयुक्त बेला नभएको बताए।

‘भारत र पाकिस्तानबीच युद्ध सुरु भएको छ। नेपालसँग खुला सीमा छ। सरकारले ध्यान त्यता केन्द्रित हुनुपर्छ कुनै आतङ्कवादी गतिविधि नहोस्। सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान छैन,’ उनले भने।

प्रकाशित मिति: १५:३६ बजे, बुधबार, वैशाख २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्