कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी सूचना अनुसार मतदान प्रक्रियालाई सहज बनाउन र सम्पूर्ण प्रतिनिधिहरूलाई मताधिकार प्रयोग गर्ने अवसर सुनिश्चित गर्न समय बढाइएको जनाइएको छ ।-1791548477.jpg)
काठमाडौं, असाेज २३ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतदानको समय आज बेलुका ७ बजेसम्मका लागि थप गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले एक सूचना जारी गर्दै मतदानको समय दुई घण्टा थप गरिएको जानकारी दिएको हो ।
यसअघि प्रकाशित निर्वाचन तालिका अनुसार बिहानदेखि सुरु भएको मतदानको समय दिउँसो ५ बजेसम्मका लागि निर्धारण गरिएको थियो ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी सूचना अनुसार मतदान प्रक्रियालाई सहज बनाउन र सम्पूर्ण प्रतिनिधिहरूलाई मताधिकार प्रयोग गर्ने अवसर सुनिश्चित गर्न समय बढाइएको जनाइएको छ ।
समितिले सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि, मतदाता तथा सरोकारवालाहरूलाई संशोधित समय अनुसार मतदानमा सहभागी हुन अनुरोध गरेको छ ।
प्रकाशित मिति: १८:०६ बजे, शुक्रबार, असोज २३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)