विपद्सम्बन्धी अध्यादेश जारी
सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेपनि राष्ट्रपतिले विपद् सम्बन्धी अध्यादेशमात्र जारी गरेका हुन्।
काठमाडौं, असोज २३ : राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्।
सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेपनि राष्ट्रपतिले विपद् सम्बन्धी अध्यादेशमात्र जारी गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार, विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरिएको हो।
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि राष्ट्रपतिसमक्ष सिफारिसका लागि पठाइएको थियो ।
प्रकाशित मिति: १८:१७ बजे, शुक्रबार, असोज २३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)