जेठ १५ गतेबाट राजावादीहरुले अनिश्चितकालीन जनआन्दोलन गर्ने
‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं, आन्दोलन शान्तिपूर्ण हुनेछ। भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ,’ पत्रकार सम्मेलनमा सुवेदीले भने।
काठमाडौं, वैशाख २५ : राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि राजावादीहरूले जेठ १५ जनआन्दोलन गर्ने भएका छन्।
राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले पत्रकार सम्मेलन गर्दै जेठ १५ गतेबाट जनआन्दोलन घोषणा गरे। अन्दोलन शान्तिपूर्ण हुने उनले जनाए।
‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं, आन्दोलन शान्तिपूर्ण हुनेछ। भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ,’ पत्रकार सम्मेलनमा सुवेदीले भने।
उनले आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको बताए। उनले सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने पनि जनाए।
कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्टलगायत उपस्थित थिए।
प्रकाशित मिति: १४:५७ बजे, बिहीबार, वैशाख २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार