Kathmandu Press

भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिइने छ : भारतीय विदेशमन्त्री जयशंकर 

हामी तनाव बढाउन चाहँदैनौँ। तर यदि हामीविरुद्ध सैन्य कारबाही गरियो भने हामी धेरै कडा प्रतिक्रिया दिनेछौँ भन्नेमा कुनै शंका छैन।’ 
भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिइने छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौं, वैशाख २६ : भारतका विदेशमन्त्री एस जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिइने चेतावनी दिएका छन्।

भारत–इरानमैत्री सन्धिको ७५औँ वार्षिकोत्सवका अवसरमा द्विपक्षीय सहयोग समीक्षा बैठकमा भाग लिन भारत आएका इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटमा जयशंकरले उक्त चेतावनी दिएका हुन्। 

Hardik ivf

भारतीय विदेशमन्त्री जयशंकर स्वयंले एक्समार्फत दिइएको जानकारी अनुसार अप्रिल २२ मा जम्मु कश्मीरको पहलगाममा भएको आक्रमणबारे इरानी विदेशमन्त्रीलाई जानकारी दिँदै यस्तो चेतावनी दिइएको हो। 

जयशंकरले आतंकवादी आक्रमणले सीमापार (पाकिस्तानमा) आक्रमण गर्न बाध्य बनाएको बताए। जयशंकरले पहलगाम आक्रमणपछि भारतले मे ७ मा आतंकवादी लुक्ने ठाउँहरू लाई लक्ष्य गरी सीमापार आक्रमण गरिएको बताएका छन्। 

जयशंकरले भनेका छन्, ‘हामी तनाव बढाउन चाहँदैनौँ। तर यदि हामीविरुद्ध सैन्य कारबाही गरियो भने हामी धेरै कडा प्रतिक्रिया दिनेछौँ भन्नेमा कुनै शंका छैन।’ 

अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा आतंकवादी हमलामा २६ जना मारिएको बिषयमा पाकिस्तानको साथ रहेको आरोप भारतले लगाउँदै आएको छ। 

प्रकाशित मिति: १५:४६ बजे, बिहीबार, वैशाख २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्