Kathmandu Press

हलुका सवारी चालक तालिम सुरु

काठमाडौं, असोज ६ : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २३औं समूहको हलुका सवारी चालक तालिम सुरु भएको...
हलुका सवारी चालक तालिम सुरु

काठमाडौं, असोज ६ : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २३औं समूहको हलुका सवारी चालक तालिम सुरु भएको छ।

सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई.नरोत्तम लाल प्रधानले बुधबार आयोजित कार्यक्रममा उक्त तालिम उद्‌घाटन गरे।

Hardik ivf

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले सवारी साधनमा समय सापेक्ष रुपमा परिवर्तन हुने प्रविधिको बारेमा तालिम दिलाइ योग्य र दक्ष चालक उत्पादन गर्ने संगठनको उद्देश्य भएकाले तालिमको अवधिमा प्रदान गरिएको सीप अनुशासित, इमान्दारीपूर्वक, लगनशिल र मेहनतका साथ हासिल गर्न निर्देशन दिए।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई.कमलेन्द्रलाल कर्णले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी हवल्दार १ जना र प्रहरी जवान ४१ जना गरी जम्मा ४२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिएका छन्।

प्रकाशित मिति: १८:१८ बजे, बुधबार, असोज ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्