Kathmandu Press

थपिए १,४७८ संक्रमित, १,६३० जना संक्रमणमुक्त, ६ को मृत्यु

११,०६७ जनामा गरिएको पिसिआर परीक्षणबाट १,२५१ र २८६३ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
थपिए १,४७८ संक्रमित, १,६३० जना संक्रमणमुक्त, ६ को मृत्यु

काठमाडौं, असोज ६ : पछिल्लो २४ घन्टामा देशभरिमा १,४७८ जना कोरोना संक्रमित थपिएका छन्।

११,०६७ जनामा गरिएको पिसिआर परीक्षणबाट १,२५१ र २८६३ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,८७,८२८ जनामा र एन्टिजेन परीक्षणबाट ८९,६०९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा १,६३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,५५,६३० पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्युहुनेको संख्या ११,०५९ पुगेको छ।

अहिले देशभरिमा २१,१३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:४६ बजे, बुधबार, असोज ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्