Kathmandu Press

एमालेको अवरोधबीच राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०७८’माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

एमाले सांसदहरूको अवरोधकै बीच राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०७८’माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।
एमालेको अवरोधबीच राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०७८’माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं, असोज ५ : एमाले सांसदहरूको अवरोधकै बीच राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०७८’माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

राष्ट्रियसभाको मंगलबारको दोस्रो बैठक पनि एमाले सांसदहरूले अवरुद्ध बनाएका थिए । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको आग्रहका बावजुद एमाले सांसदहरूको अवरोध कायम रहेपछि बैठक अगाडि बढेको थियो ।

अध्यक्ष तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘विनियोजन विधेयक, २०७८’माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए । छलफलमा भाग लिन कुनै सदस्यले नाम नटिपाएपछि उनले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । र, बहुमतका आधारमा प्रस्ताव स्वीकृत भएको घोषणा गरेका थिए ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले ७ असोजमा प्रस्तावमाथि समूहकृत छलफल र सम्बन्धित मन्त्रीबाट जवाफ दिने समय तोकेका छन् । र, राष्ट्रियसभाको बैठक ७ असोजसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति: १३:५१ बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्