Kathmandu Press

काठमाडौ प्रेसकर्मी मरासिनी पत्रकार महासंघ एसोसिएट प्रदेश समितिबाट सम्मानित 

काठमाडौं, असोज ३ : काठमाडौ प्रेसकर्मी पत्रकार गोविन्द मरासिनीलाई नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले सम्मान गरेको छ । कोरोना महामारी चलिरहेको समयमा...
काठमाडौ प्रेसकर्मी मरासिनी पत्रकार महासंघ एसोसिएट प्रदेश समितिबाट सम्मानित 
Hardik ivfHardik ivf

काठमाडौं, असोज ३ : काठमाडौ प्रेसकर्मी पत्रकार गोविन्द मरासिनीलाई नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले सम्मान गरेको छ । कोरोना महामारी चलिरहेको समयमा महासंघ अन्तर्गत एसोसिएट प्रदेशमा आवद्ध भई सक्रिय भूमिका निर्वाह गरेको भन्दै मरासिनीलाई प्रदेश समितिले सम्मान गरेको हो । 

लामो समयदेखि पत्रकारितामा क्रियाशिल मरासिनी काठमाडौं प्रेस डटकममा उपसम्पादकको जिम्मेवारीमा कार्यरत छन् । उनले सामाजिक र राजनीति बाहेक पर्यटन, युवा र मनोरञ्जनका क्षेत्रमा समेत स्वतन्त्र रुपमा कलम चलाउँदै आएका छन् । उनलाई एसोसियट प्रदेश समितिको प्रथम सम्मेलनका क्रममा धुलिखेलमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

अर्थमन्त्री जनार्दन शर्मा, नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका अध्यक्ष बैकुण्ठराज पराजुलीलगायतले नगद रु १० हजार र कदरपत्रबाट सम्मान गरेका हुन् ।

कार्यक्रममा ७० बर्ष नाघेका बरिष्ठ पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो । 

प्रकाशित मिति: १९:५८ बजे, आइतबार, असोज ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्