Kathmandu Press

संसदको कार्यसम्पादनबाट म आफैं खुसी हुन सकेको छैन : सभामुख सापकोटा

काठमाडौं, असोज २ प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफू संसदको कार्यसम्पादनबाट खुसी हुन नसकेको बताएका छन्।विधायन व्यवस्थापन समितिको कार्यक्रममा बोल्दै उनले संसदको कार्यसम्पादनमा सुधार...
संसदको कार्यसम्पादनबाट म आफैं खुसी हुन सकेको छैन : सभामुख सापकोटा
Hardik ivfHardik ivf

काठमाडौं, असोज २ : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफू संसदको कार्यसम्पादनबाट खुसी हुन नसकेको बताएका छन्।

विधायन व्यवस्थापन समितिको कार्यक्रममा बोल्दै उनले संसदको कार्यसम्पादनमा सुधार प्रभावकारिता ल्याउनुपर्नेमा जोड दिए।

आफू सभामुख बनेको दुई वर्ष हुन लागेको उल्लेख गर्दै उनले सो अवधिमा दलहरुको आन्तरिक लोकतन्त्रमा समेत कमी आएको महसुस भइरहेको बताए।

‘सबैमा जिम्मेवारी बोध, कर्तव्यबोधको कमी हुनुका साथै दलहरूमा आन्तरिक लोकतन्त्र कमजोर भएको छ,’ उनले भने, ‘संसदको प्रभविकारिताको कुरा गर्ने हो भने म आफैं पनि पूर्ण सन्तुष्ट छैन।’

संसदको कार्यसम्पादनमा वैज्ञानिक सुधार ल्याउनमा केन्द्रित रहेर आफूले काम गर्ने उनको भनाइ थियो। 

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधान कार्यान्वयनका लागि जनताले अनुभूत गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए। कानुन बन्न नपाउँदा कतिपय मौलिक हकसमेत कार्यान्वयन हुन नसकेको भन्दे उनले दुःख व्यक्त गरे।

प्रकाशित मिति: १५:४७ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्