Kathmandu Press

प्रदेश १ मा ३१५ जनामा कोरोना सङ्क्रमण

प्रदेश १ मा ३१५ जनामा कोरोना सङ्क्रमण

विराटनगर, असोज १ : पछिल्लो २४ घण्टामा  प्रदेश १ मा ३१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

कूल ८५७ जनाको पीसीआर परीक्षण गर्दा १९८ र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा विराटनगरमा ५७, सुनसरीमा ६४, झापामा १७, धनकुटामा नौ, भोजपुर र तेहृथुममा दुईदुई, संखुवासभामा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो।  

प्रदेशमा आजै ३८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुनेमा १९६ महिला र १८४ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन महिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: १९:३० बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्