Kathmandu Press

राप्रपाले असोज २० सम्म थप्यो जिल्ला अधिवेशन सम्पन्न गर्ने समय 

काठमाडौं, भदौ ३१ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जिल्ला अधिवेशनको अवधि असोज २० गतेसम्मका लागि थप गरेको छ ।आज राप्रपाका अध्यक्षत्रय पशुपति...
राप्रपाले असोज २० सम्म थप्यो जिल्ला अधिवेशन सम्पन्न गर्ने समय 
राप्रपाका तीन अध्यक्ष क्रमशः पशुपति शमशेर जबरा, कमल थापा र प्रकाशचन्द्र लोहनी । फाइल तस्बिर
Hardik ivfHardik ivf

काठमाडौं, भदौ ३१ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जिल्ला अधिवेशनको अवधि असोज २० गतेसम्मका लागि थप गरेको छ ।

आज राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, कमल थापा र प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बसेको केन्द्रीय विशेष समितिको बैठकले जिल्ला अधिवेशनको अवधि असोज २० गतेसम्मका लागि थप्ने निर्णय गरेको हो ।

आजसम्म जिल्ला अधिवेशन गर्ने समय रहेपनि धेरै जिल्लामा अधिवेशन नसकिएकाले असोज २० गतेसम्मका लागि समय थप गरिएको राप्रपाका केन्द्रीय सदस्य मोहन श्रेष्ठले काठमाडौं प्रेसलाई बताए । उनका अनुसार आजसम्म ३७ जिल्लामा अधिवेशन सकिएको छ भने अन्य जिल्लाहरुमा अधिवेशन हुन बाँकी छ ।

यस्तै, बैठकले सक्रिय सदस्यता वितरण गर्ने म्याद पनि २०७८ असोज २५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ। पार्टी संगठनको कुनै तहमा अध्यक्ष रहेको व्यक्ति पार्टीको कुनै संयोजित संगठनमा पदाधिकारी हुन नपाउने निर्णय पनि गरिएको छ।

बैठकले पार्टीको सांगठनिक तह निर्वाचन सम्बन्धी विनियमावली २०७७ परिच्छेद ३ को दफा १९ (ग) मा थप गरिएको छ। थप गरिएको बुदाँमा भनिएको छ, सम्बन्धित वडा र प्रदेशसभा निर्वाचन क्षेत्रको न्यूनतम सक्रिय सदस्य संख्या पुगेको हकमा सम्बन्धित वडाको सक्रिय सदस्यले महाधिवेशन प्रतिनिधिको चुनावमा उम्मेदवार हुन पाउनेछ।

साथै सम्बन्धित प्रदेश सभा अन्तर्गतका सबै सक्रिय सदस्यहरुले केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनमा मतदान गर्न पाउने छन्।  राप्रपाको केन्द्रीय महाधिवेशन आगामी कात्तिक २७ गतेदेखि सुरु हुनेछ।

प्रकाशित मिति: १९:०० बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्