Kathmandu Press

कांग्रेस नेता अफताव आलामलाई जन्मकैदको फैसला

२०६४ सालमा राजपुरमा भएको बम विस्फोटमा घाइते भएकाहरुलाई इटाभट्टामा जलाएको घटनामा जिल्ला अदालतले आलमसहित चार जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको हो।
कांग्रेस नेता अफताव आलामलाई जन्मकैदको फैसला

रौतहट, वैशाख १३ : जिल्ला अदालत रौतहटले कांग्रेस नेता मोहम्मद अफताव आलमलाई जन्मकैदको फैसला सुनाएको छ।

२०६४ सालमा राजपुरमा भएको बम विस्फोटमा घाइते भएकाहरुलाई इटाभट्टामा जलाएको घटनामा जिल्ला अदालतले आलमसहित चार जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको हो।

Hardik ivf

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार उनीहरुलाई जन्मकैदको फैसला सुनाएको हो। जन्मकैदको सजाय पाउनेमा आलमका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी छन्।

घटनाका अभियुक्त बनाइएका मुक्ति साहलाई भने सफाइ पाएका छन्।

पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा राजपुरको फरदवा गाउँमा भएको बम बिस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा अलामसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो।

घटनाका मूख्य नाइके नेता आलम ०७६ असोज २६ मा पक्राउ परेका थिए।

जिल्ला अदालतले कारगार चलाने गरेपछि आलाम पुर्पक्षका लागि नख्खु कारागारमा थिए।

प्रकाशित मिति: १९:४२ बजे, बिहीबार, वैशाख १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्