यस्तो छ नेपाल नेतृत्वको नेकपा एसको केन्द्रीय कार्यालय (फोटोफिचर) 

काठमाडौं, भदौ ३१ : माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी पार्टी) को केन्द्रीय कार्यालय मीनभवनमा स्थापना गरिएको छ ।

काठमाडौंको मीनभवन आलोकनगरमा स्थापना गरिएको पार्टी कार्यालयको अध्यक्ष नेपालले शुक्रवार उद्घाटन गर्ने कार्यक्रम छ । भदौ २ गते स्थापना भएको पार्टीले भदौ ९ गते निर्वाचन आयोगबाट मान्यता पाएको थियो । 

निर्वाचन आयोगमा दल दर्ता गर्दा एकीकृत समाजवादीले केन्द्रीय कार्यालय बानेश्वर राखेको थियो । कार्यालयका लागि उपयुक्त घरको खोजीमा पार्टी केन्द्रीय कार्यालय स्थापना गर्न एक महिना लागेको उक्त पार्टीले जनाएको छ ।

उद्घाटनका लागि पार्टी कार्यालय तयार पार्नेका लागि सरसफाई र रंगरोगनको कार्य कार्य बिहिबार पनि भईरहेको थियो । 

 

 Published Date: Thursday, 16th September 2021 6:46:00 pm