Kathmandu Press

व्यवसायीका समस्या हल गर्न पहल गरिरहेका छौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

व्यवसायीका समस्या हल गर्न पहल गरिरहेका छौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं, भदौ ३१ : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकको उद्योग व्यवसायका क्षेत्रमा देखा परेका समस्या समाधान गर्न पहल गरिरहेको बताएका छन् । उर्लाबारी उद्योग वाणिज्य संघको ३३ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिडका कारण देशभरका समग्र व्यवसायी मारमा परेको बताउँदै समस्याको समाधान पहल गरेको बताए ।

उनले व्यवसायीको उत्थानका लागि महासंघले नेपाल सरकारसँग राहतका कार्यक्रमका लागि पहल भइरहेको बताए । कोभिडको महामारीका कारण सबै क्षेत्र प्रभावित भएपनि अर्थतन्त्रको ठूलो हिस्सा धान्दै आएका देशका निजी क्षेत्रका व्यवसायी अहिले नराम्ररी प्रभावित बनेका उनले बताए।

Hardik ivf

ढकालले भने, ‘देशको व्यवसाय कोरोना महामारीका कारण निकै नै प्रभावित छ। बैंकको ब्याजदेखि घरभाडासम्मका कुरा आउँछन्। आम व्यवसायीका समस्यालाई समाधान गर्ने हाम्रो पहल हुनेछ । यसका लागि सरकारलाई हामीले बारम्बार घच्घच्याइरहेका छौँ।’

संघको नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुने उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले बताए। सो पदका लागि ३३ जनाको उम्मेदवारी रहेकाले बिहीबार निर्वाचन हुने बताइएको छ। निर्वाचनका लागि तारामान लिम्बू र शेरबहादुर भण्डारीको टिम चुनावी मैदानमा छ। सङ्घमा एक हजार ७०२ सदस्य आबद्ध छन्। उनीहरु निर्वाचनमा सहभागी हुने बताइएको छ।

प्रकाशित मिति: ११:०४ बजे, बिहीबार, भदौ ३१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्