Kathmandu Press

जनार्दन शर्माले अध्यक्ष दाहालसँग मागे माओवादीको जनमत ३१ लाखबाट ११ लाखमा झर्नुको कारण 

उनले आफुले पार्टी निर्माणका लागि सबैका सामु प्रश्न उठाएको बताउँदै पार्टी निर्माणमा प्रश्न उठाए बापत जे सजाय भोग्नुपरे पनि तयार रहेको समेत बताए। 
जनार्दन शर्माले अध्यक्ष दाहालसँग मागे माओवादीको जनमत ३१ लाखबाट ११ लाखमा झर्नुको कारण 

काठमाडौं, साउन १८ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग जनमत ३१ लाखबाट ११ लाखमा झर्नुको कारण माग गरेका छन्। 

आइतबारका बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहालले पेस गरेको प्रतिवेदनमाथि आफ्नो धारणा राख्नेक्रममा शर्माले दाहाललाई प्रश्न गर्दै जनमत घट्नुको कारण मागेका हुन्। 

उनले आफुले पार्टी निर्माणका लागि सबैका सामु प्रश्न उठाएको बताउँदै पार्टी निर्माणमा प्रश्न उठाए बापत जे सजाय भोग्नुपरे पनि तयार रहेको समेत बताए। 

‘अरुले भित्र–भित्रै यो पार्टी बन्दै बन्दैन भन्दै हिँडेका छन्। तर पार्टी फुट्छ भन्ने दुस्प्रचार खारेज गर्छु। जति धकेल्न खोजे पनि म पार्टीमा अडिरहन्छु,’ उनले भने, ‘३१ लाख बाट ११ लाख मत झार्न मेरो कमजोरी छ भने म आत्मालोचना गर्न तयार छु। होइन भने तत् तत् ठाउँबाट आत्मालोचना गर्न आवश्यक छ।’
   
माओवादी बैठकमा शर्माको टिप्पणीका बिषयमा अधिकांश नेताहरूले आलोचना गरेका थिए। बैठकमा शर्माले आफूलाई जोडेर अनावश्यक प्रचार गरिएको भन्दै अध्यक्ष दाहालसहितका नेताहरू प्रति कटाक्ष समेत गरेका थिए।  

प्रकाशित मिति: १८:२६ बजे, आइतबार, साउन १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्