Kathmandu Press

संखुवासभा सामूहिक हत्याकाण्ड : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ

काठमाडौं, भदौ ३१ : संखुवासभाको मादी नगरपालिका –१ उम्लिङ्मामा ६ जनाको सामूहिक हत्या भएको घटनाका आरोपी २५ बर्षीय लोकबहादुरका भाइलाई पनि प्रहरीले नियन्त्रणमा लिई...
संखुवासभा सामूहिक हत्याकाण्ड : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ
Hardik ivfHardik ivf

काठमाडौं, भदौ ३१ : संखुवासभाको मादी नगरपालिका –१ उम्लिङ्मामा ६ जनाको सामूहिक हत्या भएको घटनाका आरोपी २५ बर्षीय लोकबहादुरका भाइलाई पनि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । 

आरोपी लोकबहादुरले हत्या आफैँले गरेको स्वीकार गरिसकेको अवस्थामा प्रहरीले उनका भाइलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाएपछि घटनामा ट्वीस्ट आएको छ।

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो। प्रहरीका अनुसार मृतक ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो। प्रहरीले नरेशको साथबाट उक्त मोबाइल बरामद गरेको छ।

मोबाइल बरामद भएपछि अनुसन्धानका क्रममा उनीमाथि सोधपुछ गर्नुपर्ने देखिएपछि उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, चैनपुरले जनाएको छ । 

केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी सहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए।

घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

 
 

प्रकाशित मिति: १०:२१ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्