Kathmandu Press

होम सेन्टरमै सुरु भयो कक्षा १२ को परीक्षा

काठमाडौं, भदौ ३० : विद्यार्थीको भौतिक उपस्थितिमै राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को परीक्षा सञ्चालन गरेको छ। स्वास्थ्य मापदण्ड अपनाएर होम सेन्टरमा...
होम सेन्टरमै सुरु भयो कक्षा १२ को परीक्षा
Hardik ivf

काठमाडौं, भदौ ३० : विद्यार्थीको भौतिक उपस्थितिमै राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को परीक्षा सञ्चालन गरेको छ। स्वास्थ्य मापदण्ड अपनाएर होम सेन्टरमा आजदेखि सुरु भएको परीक्षा असोज ८ गते सम्पन्न हुने बोर्डले जानकारी दिएको छ। 

परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएपछि परीक्षा सञ्चालन गरेको हो। कूल चार हजार ३१५ विद्यालयमा भएको परीक्षामा तीन लाख ७४ हजार ४१३ परीक्षार्थी सहभागी भएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए। कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले यसअघि दुई पटक परीक्षा स्थगित गरेको थियो। 

बोर्डले यस वर्ष प्रश्न पत्र इमेल गरेर विद्यालयमा पठाएको छ। अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलका अनुसार इन्टरनेट नपुगेका ११३ केन्द्रमा प्रश्नपत्र पठाइएको र बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाएको जानकारी दिए। बोर्डले सबै केन्द्रलाई फरक–फरक पासकोर्ड दिएर प्रश्नपत्र प्रिन्ट गर्न सक्ने व्यवस्था गरेको जनाएको छ। परीक्षा हलमा जानु अगाडि विद्यार्थीको तापक्रम नाप्नुका साथै स्यानिटाइजर लगाएर पठाउने व्यवस्था गरिएको थियो।

प्रकाशित मिति: २०:१८ बजे, बुधबार, भदौ ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्