Kathmandu Press

देशका विभिन्न भागमा ५ जना मृत फेला 

काठमाडौं, भदौं ३० : देशका विभिन्न भागमा बुधबार ५ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंमा दुइ, ललितपुर, सिन्धुली र रौतहटमा एक/एक...
देशका विभिन्न भागमा ५ जना मृत फेला 
Hardik ivfHardik ivf

काठमाडौं, भदौं ३० : देशका विभिन्न भागमा बुधबार ५ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंमा दुइ, ललितपुर, सिन्धुली र रौतहटमा एक/एक जना गरी ५ जना मृत अवस्थामा फेला परेका हुन् ।

काठमाडौं महानगरपालिका १३ कालिमाटी शालिक चोकमा धादिङ महादेवबेसी गाउँपालिका ८ बस्ने ५० वर्षीय राम शरण कुँवर र काठमाडौं महानगरपालिका ३१ पञ्चकुमारी मन्दिर नजिक खाली जग्गामा विग्रिएर पार्किङ गरी राखिएको बा.१ ख ६७६२ नम्बरको गाडीभित्र नाम नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै, ललितपुरको गोदावारी नगरपालिका ११ सेराफाटस्थित तरकारी टनेलमा माटोको थुप्रो भित्र सालनाल सहितको नवजात शिशु बुधबार मृत अवस्थामा फेला परे ।

उता, सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकाली घर भई सोही ठाउँस्थित बजारमा मागी खाई हिड्ने ८३ वर्षीय लाल बहादुर लामा सोही नगरपालिका ६ बसपार्क छेउको प्रतिक्षालयमा मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै, रौतहटको चन्द्रपुर नगरपालिका १ पुर्वी पहिलो लच्का नजिक नाम नखुलेका करिब ५६ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन् । 

प्रकाशित मिति: १९:५६ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्